Invalid Conversion Type | Friday 5th June 2020

प्युठानमा करिब २ सय बेडको क्वारेन्टाइन तयारी अवस्थामा


Hamroekata १४ चैत्र २०७६

प्यूठान । प्युठानका नौवटै स्थानिय तहले कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याएका छन् ।
संक्रमण बाहिर नफैलियोस भन्नका लागि संक्रमणको सुनिश्चित हुने अवधिभर (१४ दिन) छुट्टै राख्नका लागि क्वारेन्टाईन पूर्ण रुपमा तयार  गरेका हुन । गत आईतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट क्वारेनटाईन सञ्चालनमा ल्याउने निर्णय भएअनुसार सोमबार देखि क्वारेन्टाईन निर्माणको काम सुरु भएको हो ।
जसअन्र्तगत प्युठान नगरपालिकाले कालिका विकास केन्द्रको सभाहलमा १२ बेडको क्वारेनटाईन सञ्चालन ल्याएको छ । सिदार्थ सामुदायिक हल दाखाक्वाडीमा १५ बेड र गणतान्त्रीक खेल मैदानमा ५० वेड क्षमता भएको क्वारेन्टाइन सञ्चालन गरेको छ । त्यस्तै प्युठान नगरपालिका वडा नं ७ ले कवर्डहल पुण्यखोलामा १० बेडको क्वारेन्टाईन सञ्चालन गरेको छ । नगरपालिकाले नगरका १० वटै वडामा क्वारेन्टाईन सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।
त्यस्तै स्वर्गद्धारी नगरपालिका भिग्रीले प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा तीन बेडसगै पालिकामा रहेका ५३ वटै विद्यालयमा एक एक बेड रहने गरी क्वारेन्टाइन सञ्चालन गरेको नगर प्रमुख नेत्र रोका क्षेत्रीले बताए । नगरपालिकाले नगरका सबै वडाका विद्यालयमा पनि क्वारेन्टाईन तयार गर्ने नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए ।
ऐरावती गाउँपालिका बरौलाले मोति माध्यामिक विद्यालयमा चार बेडको क्वारेन्टाईन मंगलबारदेखी सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । त्यस्तै माण्डवी गाउँपालिकाले जस्पुर विद्यालयमा १० बेडको क्वारेन्टाइन मंगलबारदेखी सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख धुव्रकुमार पोख्रेलले बताए । झिमरुक गाउँपालिकाले बाल शिक्षा माध्यामिक विद्यालयमा पाँच बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको छ ।
उता मल्लरानी गाउँपालिकाले मंगलबार साविक महिला तथा बालबालिका कार्यालयमा सात बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको छ । सरुमारानी गाउँपालिकाले रानीकुवामा १० बेडको क्वारेन्टाईन निर्माणका लागि तयारी भएको स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताउनुभयो । गौमुखी गाउँपालिकाले पनि नारिकोटको सालीबिसौनामा ५ बेडको क्वारेन्टाईन निर्माणको तयारी गरेको पालिकाका अध्यक्ष विष्णु गिरीले बताए । यससंगै प्युठानका नौ वटै स्थानिय तहले वडास्तरमा पनि क्वारेन्टाईन सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।


सम्बन्धित पोस्टहरू

Top