बिहिबार, बैशाख १३, २०८१ | Thursday 25th April 2024

पूर्व सहायक गृहमन्त्री विष्टको ९८ वर्षको उमेरमा निधन


प्युठान,८ माघ ।
पूर्व सहायक गृह मन्त्री टङ्क बहादुर विष्टको ९८ वर्षको उमेरमा निधन भएको छ । विष्टको बुधबार बुटवलमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । सय वर्षको नजिक पुग्नुभएका विष्ट सामाजिक व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो । विरामी भएर आराम गरिरहनुभएका विष्टले आफ्नो स्वास्थ्य भन्दा पनि देशको चिन्ता गरिरहनुभयो । विष्टका नाती विजयविराज विष्टले भन्नुभयो, बाजेले देशको अवस्थाबारे सोधखोज गरिरहनुहुन्थ्यो, उहाँको अन्तिम समयमा पनि देशप्रतिको चिन्ता र चासो थियो । । विष्टको सम्भवत विहीबार झिमरुक नदिमा श्रदाञ्जली सहित अन्तिम संस्कार गर्ने बताइएको छ ।
पछिल्लो समय स्वास्थ्य अवस्थाबारे बुझ्न र भेट्न पुग्ने व्यक्ति तथा आफन्तसँग विष्टले जहिल्यै देशको अवस्थाबारे सोधखोज गर्नुहुन्थ्यो । पछिल्लो समय सभामुख निर्वाचन प्रक्रियाबारे उहाँले सोधखोज गर्नुभयो । विष्टलाई भेट्न पुग्ने व्यक्तिले पनि जिल्ला र देशको नयाँ खवर सुनाइरहन्थे ।
विष्टले पत्रकारलाई ‘आँखो’ भन्नुहुन्थ्यो । उहाँले पत्रकारसँगको पटक पटकको भेटमा आँखोको प्रसङ्ग उठाइरहने पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारतीले बताउनुभयो । पुराना पत्रकार भैरव रिसालसँगको प्रसंग पनि उहाँले बेला बेलामा सुनाउने गर्नुहुन्छ ।
उहाँले भैरव रिसालसँग भएको कुराकानी सम्झिदै भन्नुभयो, त्यो बेला राजाका मान्छेले आफ्नो गोरुले १२ वटा बच्चा जन्मायो, अरुको भैसीले पिसाव मात्र दियो भन्थे । तर पत्रकारले झुटको कुरा गदैनन् सत्य कुरा गर्छन । त्यसैले पत्रकार तेस्रो आँखा हो । विदेशमा राजा फेरिदा, प्रधानमन्त्री फेरिदा पत्रकारले थाहा दिन्छन ।
विष्टले जहिल्यै स्वार्थ रहित राजनीति गर्नुपर्नेमा जोड दिदै आउनुभएको थियो । इमान्दारीता र निष्ठाको राजनीति हुनुपर्ने उहाँको भनाई थियो । उहाँले जहिल्यै सकारात्मक कुरा गर्नुहुन्थ्यो, विजयविराज विष्टले भन्नुभयो, बाजेका अनुसार नेता भनेको जनताको आशा र भरोसाको केन्द्र हुनुपर्छ ।
विष्ट पञ्चायतकालमा गृह सहायक सहित भौतिक पूर्वाधार मन्त्री बन्नुभएको हो । जिल्ला अस्पताल स्थापना लगायतका विभिन्न विकास निर्माणमा विष्टको योगदान रहेको छ । विष्टका चार भाइ छोरा मध्ये तीन भाई छोरा हुनुहन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top