शुक्रबार, चैत्र १६, २०८० | Friday 29th March 2024

पर्यटकीयस्थल स्वर्गद्धारीमा स्वास्थ्य सामाग्री हस्तान्तरण


सागर रिजाल
प्युठान, १ बैशाख । कोरोना संक्रमणबाट बच्नको लागि प्युठानको धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीमा रहेका गुरु, पुजारी तथा बटुकहरुलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । लकडाउन भएको २० दिन बित्दा समेत कसैले सहयोग नगरेपछि उनीहरुलाई स्वस्थ्य राख्नका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
प्युठान नगरपालिका, ऐरावती गाउँपालिका वडा नं ६ बिजुली स्थायी घर भई हाल काठमाण्डौ बस्दै आउनुभएका रामप्रसाद आचार्यको पहलमा नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का क्षेत्रीय सभापती भुप बहादुर डांगी र घोराही १५ का समाजसेवी उपेन्द्र शर्मा ( खेमराज) मार्फत संयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो ।
आईतवार आश्रममै पुगि प्युठान नगरपालिका मार्फत २ सय पिस साबुन, २ सय पिस सर्जीकल मास्क र २ बोतल फिनाईल नगर प्रमुख अर्जुन कुमार कक्षपतिले आश्रमका पुजारीहरुलाई हस्तान्त्रण गर्नुभएको हो ।
यस्तै आचार्यको पहलमा दाङ मार्फत हेण्ड सेनिटाईजर २ सय पिस र मास्क दुई सय ५० पिस हस्तान्त्रण गरिएकोे छ । लकडाउन भएको लामो समयसम्म स्वास्थ्य सामाग्री नपाएका उनीहरुले स्वास्थ्य सामाग्री पाएपछि आश्रममा रहेका गुरु,पुजारी , बटुक खुसी भएका छन् ।
स्वर्गद्धारी आश्रम गत चैत ८ गतेदेखि आश्रममा कोरोना संक्रमणबाट बच्नको लागि लकडाउन पूर्व नै अन्य स्थानबाट आउने दर्शनार्थीहरुलाई प्रवेशमा रोक लगाईएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top