शनिबार, बैशाख ८, २०८१ | Saturday 20th April 2024

नियन्त्रण गरिदै घारीकुलो पहिरो


प्रकाश बैद्य
प्यूठान, प्यूठान नगरपालिका वडा न. ३ को कार्यालय जुम्री बगैचा देखि सापडाँडा सडक खण्ड अन्तर्गत घारीकुलोको पहिरोका कारण धेरै स्कुले विद्यार्थी लगायत आम सर्वसाधारणले निकै दुःख पाए । माथी पहिरो त तल उर्लेको जुम्री खोलाले वर्षातको समयमा घारीकुलो पहिरोमा धेरै सर्वसाधारण लड्दै हिड्न बाध्य भए भने धेरै मोटरसाइकल तथा यातायातका साधनहरु जुम्री खोलामा पल्टिनु पर्यो ।
बल्ल तल्ल प्यूठान नगरपालिका तथा वडा कार्यालयको सिमित बजेटले घारीकुलो अन्तर्गत सडक खण्ड केहि वर्ष यता मर्मत गरिए पनि बर्षातमा पहिरो जाँदा सर्वसाधारणले यो सडक भएर यात्रा गर्दा निकै सास्ती भोगेको सन्दर्भमा अव भने घारीकुलोका पहिरो व्यवस्थापन गर्न योजना अघि बढ्दा जनतामा केहि आषा पलाएको छ ।
सडक वोर्ड नेपालको २० लाख र प्यूठान नगरपालिकाको रु १५ लाख गरी कुल ३५ लाखको लागतमा जुमृ बगैचा भरङ्गा सडक मर्मत योजना अन्तर्गत घारीकुलो पहिरो नियन्त्रणलाई विशेष प्राथमिकतामा राखी योजना कार्यान्वयन प्रक्रिया अघि बढाइए पछि जनतामा आषा पलाएको हो । स्थानीय समाजसेवी मिन बहादुर खड्काले भने “ घारीकुलो पहिरोको उचित नियन्त्रण भयो भने यस क्षेत्रका जनतामा ठुलो राहत पुग्दछ तर यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी छ ”
योजना अन्तर्गत घारीकुलो पहिरो नियन्त्रणका लागि पहिरो क्षेत्र भर सिमेन्ट वाल निर्माण गरी व्यवस्थापन गरिने प्यूठान नगरपालिकाका वडा अध्यक्ष प्रेम बहादुर हमालले जानकारी दिए । सडक मर्मत योजना अन्तर्गत प्यूठान नगरपालिका वडा न. ३ जुमृ बगैचा देखि घारीकुलो पहिरो हुँदै सापडाँडा भरङ्गा सम्मको सडक मर्मत गर्न हिजो उपभोक्ता समिति गठन गरिएको छ ।
प्यूठान नगरपालिका वडा न. ३ को कार्यालयको संयोजनमा हिजो वडा न. ३ का अध्यक्ष प्रेम बहादुर हमालको उपस्थितिमा विजयनगरको मेथीखोलामा सम्पन्न भेलाले स्थानीय प्रकाश नेपालीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । समितिको सचिव रविन्द्र खड्का ,कोषाध्यक्ष रेनुका सुनार रहेका छन् भने सदस्यहरुमा गोविन्द राज नेपाली ,सिमन्त न्यौपाने,सान्त वहादुर नेपाली लगायतका रहेका छन् । भेलाले गुमानराज पुलामीको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ । जुमृ बगैचा देखि भरङ्गा सम्म सडकका घारीकुलोको पहिरोमा सिमेन्ट वाल निर्माण तथा अन्य मुख्य मुख्य समस्या रहेका स्थानमा लागत इस्टिमेट अनुसार नाला, मेथीखोलामा कजवे निर्माण लगायतका कामहरु गरी सडक व्यवस्थित मर्मत गरिने प्यूठान नगरपालिका वडा न. ३ का अध्यक्ष प्रेम बहादुर हमालले जानकारी दिए ।
ढिलै भए पनि असार लाग्नै लाग्दा जनताको मुख्य समस्याको रुपमा रहेको घारीकुलो पहिरो नियन्त्रण लगायत जुम्री सापडाँडा सडक मर्मत योजना कार्यान्वयन गर्न थालिएको छ । कोरोनाको यो कहरमा पनि योजना कार्यान्वयन गर्न थालिनु आफैमा सकारात्मक छ तर यसको प्रभावकारी कार्यान्वयन एवं पारदर्शितामा भने सम्वन्धित पक्षको ध्यान जान जरुरी छ । करिव २०,२५ दिनमा सम्पन्न गर्नु पर्ने योजनामा कम्तिमा पनि दिनमा १ लाख वा सो भन्दा बढि बराबरको काम गर्नु पर्दछ यसमा सम्वन्धित निर्माण उपभोक्ता समिति तथा सरोकारवाला निकायको ध्यान जाओस । योजना प्रभावकारी रुपमा कार्यान्वयन होस आर्थिक वर्ष सकिनै लाग्दा कागज पत्र मिलाएर बजेट सक्ने कार्यमा मात्र सिमित नरहोस ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top