बिहिबार, बैशाख ६, २०८१ | Thursday 18th April 2024

जनचेतनाको कमिले परिवार योजनाको साधनको प्रयोग दरमा कमि हुने गरेको छ


प्यूठानमा कहिले देखि आड्रा नेपाल सञ्चालनमा छ ?यो संस्था कस्तो हो र यसले के गर्छ ?
एड्भेन्टिस्ट डेभलपमेन्ट एन्ड रिलिफ एजेन्सी (Adventist Development and Relief Agency-ADRA) राहत तथा मानविय विकासको क्षेत्रमा काम गर्ने स्वायत्त विश्वव्यापी संस्था हो, यो संस्था सन् १९८४ मा सेभेन्थ डे एड्भेन्टिस्ट चर्चले स्थापना गरेको हो । १३१ देशमा फैलिएको आड्रा नेटर्वक नेपालमा भने सन् १९८७ मा स्थापना भएको हो । हाल नेपालका २९जिल्लामा स्वास्थ्यका कार्यक्रमहरु सञ्चालित छन ।
यो संस्था कुनै जात, राजनितिक आस्था वा धार्मिक संलग्नता भन्दा माथि उठेर व्यक्ति र समुदायलाई राहत तथा विकासमा सहयोग प्रदान गर्दै समन्याविक तथा सकारात्मक परिवर्तन र्सिजना गर्न साझेदारीलाई स–शक्तीकरण, उत्तरदायी कदम मार्फत गरिबी र दुःखका साथ जीवन यापन गरिरहेका नागरिकहरुका निमित्त आड्रा नेपालले काम गर्दैछ । यसको कार्यक्षेत्रहरु जिविकोपार्जन, स्वास्थ्य, शिक्षा र विपत जोखिम व्यवस्थापन हो, प्यूठानमा जिविकोपार्जन सम्बन्धि वि.सं.२०७१ देखि कृषि तथा जिविकोपार्जन प्रवद्धन परियोजना(Generating Opportunity in Agriculture and Livelihood -GOAL Project) ले काम गरिरहेको छ । यस परियोजनाको पहिलो पाँच वर्षको कार्यकाल सकिएर वि.सं. २०७६ देखि दोस्रो कार्यकाल सुरु भएको छ र यसले रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकामा कृषिमा तरकारी खेती र जिविकोपार्जनमा बाख्रापालन गर्नको लागि सहयोग गर्दै आएको छ र यी कार्यक्षेत्र भित्रमा लैङ्गिक तथा घरेलु हिंसाको बारेमा जनचेतना सम्बन्धी काम गरेको छ,भने स्वास्थ्यको क्षेत्रमा वि.स. २०७५ देखि परिवार योजना सेवा कसुदृढीकरण कार्यक्रम(Family Planning Service Strengthening Program-FPSSP Project) ले काम गरिरहेको छ र आड्रा नेपालको यस कार्यक्रमलाई संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (UNFPA) ले सहयोग गरेको छ ।
परिवार योजना किन आवश्यकता छ र प्यूठानमा परिवार योजनाको अवस्था कस्तो पाउनु भयो?
प्रजनन् उमेर समुहका महिला–पुरुषलाई परिवार योजनाका साधनहरुको पहुँच, उपलब्धता, प्रयोग र आवश्यकता पुरा गरी उनीहरुको प्रजनन् स्वास्थ्य, आमा–शिशुको स्वास्थ्य र गुणस्तरीय जीवनयापनमा सुधार गर्नको लागि परिवारको योजना गर्न आवश्यक छ ।नचाहेर पनि परिवारको संख्या बढेको हुन्छ किन कि परिवार योजनाका साधनको पहुँचकुनै पनि जिल्लाको सबै ठाउँमा पुगेको छैन र पुगेको ठाउँ पनि यस सम्बन्धी जनचेतनाको कमिले गर्दा परिवार योजनाका साधनको प्रयोग दरमा सबै तिर कमि नै छ र प्यूठानको हकमा पनि नेपाल सरकारले राखेको लक्ष्यमा पुग्न समय लाग्नेछ ।प्यूठानको धेरै जसो स्वास्थ्य संस्थाहरुबाट परिवार योजनाका सबैखाले अस्थाई साधनहरु उपलब्ध छैनन् र प्रयोगदर पनि कमि नै छ । जस्तैः डिपो, पिल्स, कण्डम सबै स्वास्थ्य संस्थाबाट उपल्बध छ तर लामो अवधिको लागी प्रयोग हुने इम्पलाट ५ वर्ष र कपर–टि १२ वर्षको सेवा  दिनको लागी छुटै तालिम लिनुपर्ने हुन्छ । जुन तालिम नेपाल सरकारले सबै स्वास्थ्यकर्मीलाई दिन सकिरहेको अवस्था छैन । हाल, यहि ग्यापलाई पुरा गर्नको लागि आड्रा नेपालले घुमन्ते सेवाप्रदायक(Visiting Service Providers-VSP)द्वारा सेवा दिँदै आइरहेको छ ।
. प्यूठान जिल्लाको निरक्षर र साक्षरताको स्थिति अनुसार फरक फरक अवस्थामा छ, यस अनुसार के कसरी काम गर्दा प्रभावकारी हुन्छ ?
हो, निरक्षर र साक्षरताको अनुसार फरक हुन्छ । निरक्षरले साधन प्रयोग गर्दा साथीहरुले प्रयोग गरेको र सुनेर आउनु, त्यही अनुसार परामर्श दिँदा सामय लाग्छ तर साक्षरले प्रयोग गर्दा धेरै जानकारी लिइसकेको हुन्छन् र यसका फाइदाहरुको बारेमा जानकारी दिदा कम समय लाग्छ । यसरी हेर्दा निरक्षरको प्रयोग दर बढी पाईन्छ, यसो भनिरहँदा साक्षरले प्रयोग गर्दैनन् भनेको हैन, परिवार योजनाका साधनको बारेमा प्रयाप्त जानकारी नहुनु हो । यसको प्रभावकारीता र प्रयोगदर बढाउनको लागी साधन प्रयोग गरेका र नगरेका बिच समुहमा छलफल गराउने, यसका फाइदाहरु र सेवा दिने स्वास्थ्य संस्थाहरुको बारेमा जानकारी गराउने, आमा समूहको बैठकमा छलफल अनिवार्य गराउने, जनचेतनाको लागि साधनका पोस्टर, मिडियाको प्रयोग गर्ने, स्वास्थ्यका हरेक कार्यक्रममा परिवार योजनाको बारेमा कुरा उठाउने, खोप क्लिनिकमा आमाहरुलाई यसको महत्वबारे जानकारी गराउने,महिला स्वास्थ्यस्वयम् सेविकाहरुको कार्यक्रम लगायतका यस्तै गरेर सबै ठाउँमा पुग्न सकेमा परिवार योजनाको प्रभावकारीता बढाउन सकिन्छ ।
. परिवार योजनासँग जोडिएका विभिन्न पक्षहरु छन, ति पक्षमा के कसरी भूमिका खेल्नु भयो ?
हजुर, परिवार योजनासँंग जोडिएर प्रजनन् र परिवार स्वास्थ्यमा सुधार ल्याउने धेरै पक्षहरुछन् ।प्रजनन् उमेरका व्यक्तिलाई मात्र नभई गर्भअवस्थाको शिशु देखि जेष्ठ नागरिक सम्मलाई प्रजनन् स्वास्थ्यको आवश्यकता रहन्छ ।प्रजनन्स्वास्थ्य सँग जोडिएर रहेका पक्षहरुमा सुरक्षित मातृत्वमा आमा र नवजात शिशुको स्याहार संहार, खानपानलाई जोड दिइएको छ । किशोर किशोरीहरुको लागी प्रजनन् स्वास्थ्य र अधिकारको बारेमा जानकारी दिने गर्दछHIV र यौन रोग सम्बन्धी जानकारी र उपचारको बारेमा थाहा दिन्छ, निःसन्तान दम्पतीको लागि उचित परामर्श, सुरक्षित गर्भपतनको लागि सल्लाह र उपयुक्त जानकारी, उमेर ढल्केका महिलाहरुलाई हुने प्रजनन् समस्याको उपचार र व्यवस्थापन जस्ता कार्यले परिवार स्वास्थ्यमा सहयोग हुन्छ । यी पक्षलाई मध्यनजर गरेर  आड्राले कामगर्दै आएको छ । स्वास्थ्य संस्थामा मात्र नभई खोप क्लिनिक, गाउँघर क्लिनिक,सामुदायिक स्वास्थ्य ईकाइहरु, शहरी स्वास्थ्य ईकाइहरु,आधारभुत स्वास्थ्य ईकाइहरुमा गई हाम्रा कर्मचारीहरुले परिवार योजना सम्बन्धी जानकारी, परामर्श र सेवा दिँदै आउनु भएको छ । यसको प्रभावले लामो अवधिको साधनमा सेवाग्राहीको पहँुच बढेकोछ ।
प्यूठानमा देखिएका मुख्य समस्या तथा चुनौतीहरु के के पाउनुभयो ?
यहाँ देखिएका चुनौती भनेको प्रजनन् उमेर समुहका किशोर किशोरीहरुमा परिवार योजनाका साधनको बारेमा जानकारी दिन सजिलो छैन्, दम्पती तथा परिवारका अन्य सदस्यहरुलाई सँगै राखेर साधनको बारेमा परामर्श दिन सहज वातावरण छैन,जसको प्रभावले परिवार योजनाका साधनलाई निरन्तरताको दरमा कमि छ ।कतिपय ठाउँमा परिवार योजनाका साधनको बारेमा जानकारी नै छैन, बस्ती छरिएको हुँदा एकै ठाउँमा जम्मा गरेर परिवार योजनाका साधनको बारेमा जनचेतना सम्बन्धी छलफल गर्न गाह्रोछ । अरु यातायात र बस्नको लागी प्रयाप्त सुविधा नहुँदा सबै ठाउँमा हाम्रा सेवाप्रदायकहरु पटक–पटक पुग्न गाह्रो भएको छ ।

यस संस्थाले भावी दिनमा गर्ने थप योजना केही छ कि ?
खासै ठुला योजनाहरु त छैनन् तथापी प्रजनन् स्वास्थ्यलाई नै सहयोग गर्ने निम्न अनुसारका कार्यलाई समेटेर लैजाँदै छाँै ।जस्तै  सुत्केरी भएको दिन देखि एक वर्ष भित्रका आमाहरु (Post-partum Family planning-PPFP) लाई परिवार योजनाका बारेमा जानकारी गराई {  (Long Acting Reversible Contraceptive-LARC Service) लामो अवधिका अस्थाई साधनको प्रयोगदर बढाउने, महिलाहरुमा हुने पाठेघर खस्ने समस्या (Pelvic organ prolapse-POP)लाई पहिचान गरि उचित सल्लाह र उपचारमा सहयोग गर्ने, स्वास्थ्य संस्थाकाbirthing centerमा हुने Deliveryलाईत्यही नै लामो अवधिका अस्थाई साधनको सेवा दिने साथै स्वास्थ्य संस्थाका केहि कर्मचारीलाई इम्पलान्ट र कपर–टि राख्ने–निकाल्ने तालिम दिने योजना रहेको छ ।
प्यूठानमा कतिपय संघसंस्थाहरु भित्रिने तर लक्षित गरेका योजनाहरु पुरा  नहुदै  छोड्ने परिपाटी छ नि ?
होला, यसमा त सबै संघसंस्थाहरुको आ–आफ्नै कार्यअवधि, कार्ययोजना, कार्यक्षेत्र र कार्यक्रमका उद्देश्यहरु हुन्छन् । हाम्रो संस्था पनि ६ महिनाको कार्ययोजना लिएर आएको हो तर पनि अहिले सम्म चलिरहेको छ । कार्ययोजना अनुसारको कार्यक्रम राम्रो भएमा थपिदै जाने संम्भावना हुन्छ तर धेरै कार्यक्रमको उद्देश्य पुरा नभए पनि परियोजनाको कार्य अवधि सकिए पछि छोड्नै पर्ने हुन्छ । त्यसै गर्दा लक्षित योजनाहरु पुरा नहुन सक्छन ।
. यो सस्थाको सञ्जाल कसरी कहाँ विस्तार भएको होला?
आड्रा प्यूठानमा आए देखि नै यसै नगरपालिकाको वार्ड नं. ४ जुम्रीमा कार्यालय राखी काम गरिरहेको छ । यहाँबाट यस जिल्लाको स्वास्थ्यकार्यालय र सबै स्थानीय सरकारको स्वास्थ्य शाखासँग सहकार्य गरी सोही अन्तरगतका स्वास्थ्य संस्थाहरुबाट उपलब्ध नभएका परिवार योजनाका साधनहरु इम्पलान्ट र कपर–टि राख्ने–निकाल्न सेवालाईVSPs  मार्फत सेवा दिदै आएका छौँ ।
अन्त्यमाकेही थप छ कि ?
जिल्लाका केहि स्वास्थ्य संस्थाहरु र विद्यालयलाई किशोर किशोरीमैत्री बनाउनको लागि चाहिने सामाग्रीहरु, तालिम र वालपेनटिङ्ग जस्ता काम गरेको छ । मानसिक रुपमा अशक्तलाई पनि(LARC Service) सेवा परिवारको लिखित अनुमती लिएर प्रदान गरेको छ । पाठेघर खस्ने समस्या भएका र कुनै पनि यौन रोगको समस्या भएकाहरुलाई उचित सल्लाह र उपचारको लागी सम्बन्धित ठाउँको बारेमा जानकारी दिदै आएका छौ । इम्पलाट ५ वर्ष र कपर–टि १२ वर्षको सेवामा अवधि पुरा भएकाहरुको निकालिदिने र पूनः राख्न चाहनेहरुको लागी राखिदिने पनि गर्दछौँ ।साथै सेवा दिने क्रममा Urgent pregnancy Test-UPT (पिसाबजाँचगर्दा) को प्रयोग गर्दा पिसाबमा Positiveभए त्यो बच्चालाई राख्ने वा नराख्ने आमाको इच्छा अुनुसार उचित सल्लाह दिने र राख्न नचाहेमा सम्बन्धित ठाउँमा गर्भपतनको लागि Refer गर्ने अनि सोहि ठाउँबाट परिवार योजनाको साधन प्रयोग गर्ने सल्लाह दिने गर्दछौँ ।अन्त्यमा यहाँले प्रजनन स्वास्थ्य र हाम्रो संस्थाको बारेमा परिचित गराउन जुन अवसर दिनु भयो यसका लागि बिशेष धन्यवाद दिन चाहन्छु ।

प्रस्तुति सुशील पोखरेल

 

 

 

 

 

 

 

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top