शुक्रबार, बैशाख १४, २०८१ | Friday 26th April 2024

घर जान नपाई अलपत्र परेका भारतीय २५ जनालाई खाद्यन्न सहयोग


प्युठान,२३ चैत ।
घर जान नपाई अलपत्र परेका भारतीय २५ जना नागरिकलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीले शनिवार खाद्यन्न सहयोग गर्नुभएको छ ।
लकडाउनको समयमा समस्यामा रहेका उनिहरुलाई राहत स्वरुप खाद्यन्न सहयोग गनुभएको हो ।

प्रतिव्यक्ति चार किलो चामल, ढेड लिटर तेल, नुन एक किलो सहयोग गर्नुभएको छ ।
भारतको मोतिहारी घर भएका लकडाउनको समयमा घर जान नपाएर दैनिकी कष्टकर भएकाले राहत स्वरुप खाद्यन्न सहयोग गरेको पुलामीले बताउनुभयो ।
यस्तै प्युठान नगरपालिका वडा नं तीन विजुवार निवार्षि विजयालक्ष्मी श्रेष्ठले पनि २५ जनालाई २५ किलोका चार वोरा चामल, पाँच किलो दाल, दुई किलो नुन, एक काटुन चाउचाउ सहयोग हस्तान्त्रण गर्नुभएको छ ।
विपदको समयमा समस्यामा परेका व्यक्तिहरुलाई आफुहरुको सानो सहयोगले पनि राहत मिल्ने उहाँको भनाई छ । साथै विपदमा परेका व्यक्तिहरुलाई सबैको सहयोग आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top