बिहिबार, बैशाख ६, २०८१ | Thursday 18th April 2024

कोरोना भाइरसको संक्रमणबाट बच्ने केही विधिहरु


सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर, नबलपरासीका डक्टर विनोद पौडेलले कोरोना भाइरसको संक्रमणबाट बच्न र संक्रमित भइसकेपछि पनि उपचार गर्ने केही विधिहरु भिडियो माध्यमबाट जनतासमक्ष देखाउनु भएको छ । नेपालको दुर्गमा क्षेत्रका सबै ठाउँका मानिसहरुलाई यो भिडियो हेर्ने मौका कमै मिल्न सक्ने हुनाले मैले यहाँ उक्त भिडियोमा देखाइएका विधिहरु यो लोकप्रिय पत्रिका (हाम्रो एकता) का माध्यमबाट जानकारी दिन प्रयाश गरेको छु ।
(१) नुनपानीले कुल्ला गर्ने–पानीलाई उमाल्ने र मनतातो पानी भएपछि (शरीरले सहने गरी) एक गिलास पानी निकाली त्यसमा आधि चम्चा नून राखी राम्ररी चम्चाले चलाई त्यो पानीले सकभर घाँटीको तलैसम्म पुग्ने गरी कुल्ला गर्ने । एक गिलास पानी नसकुनजेल कुल्ला गरिरहने ।
(२) जलनेती गर्ने–उम्लेर सेलाएको करिब २५० मि.लि.मनतातो पानीमा एकचम्चा नून राख्ने, अनि राम्ररी चम्चाले चलाउने । त्यो पानी करुवा (टुटी भएको लोटा) मा राख्ने । जुन नाँकको प्वालबाट बढी हावा सन्चालन भएको छ त्यही नाँकको प्वालमा त्यो करुवाको टुटी घुसाउने र खुट्टा फट्याई अलिकति झुकेर जुन प्वालबाट पानी पठाइदै छ त्यो नाँकको प्वाललाई अलिमाथि राखेर मुख खुला गरी नाँकबाट भित्रतिर पानी पठाउने र आर्को नाँकको प्वालबाट पानी निकाल्ने । त्यसपछि अर्को नाँकबाट पनि सोही प्रक्रिया दोहोराई पानी नाँकभित्र पठाउने र अर्को नाँकबाट निकाल्ने । यसलाई जलनेती विधि भनिन्छ ।
कथम् कदाचित हामीसंग करुवा भएन भने हातको हत्केलामा त्यो नूनपानी लिएर नाँकबाट तान्न सकिन्छ । यसरी नूनपानी नाँकबाट तान्ने र निकाल्ने गर्दा नाँकको डाडीमा प्रवेश गरेका भाइरस बाहिर निस्कन्छन् । कोरोना भाइरसको विकास सर्वप्रथम नाँकको डाडी (नेजल क्याभिटी) मा हुने औषधी विज्ञहरुको भनाई छ । यसकारण नाँकको डाडी नूनपानीले सफा गर्नेमा बढ्ता जोड दिनु पर्दछ ।
(३) बाफ लिने– तुल्सी पत्ता र नीम पत्ता राखेर पानीलाई ढाकिकन उमाल्ने, उम्लेको पानीको बाफ टाउको र तातोपानीको भाडो कपडाले छोपेर बाफ लिनु पर्दछ । यस विधिबाट नाँक, घाँटी र फोक्सोमा प्रवेश गरेका भाइरसलाई निष्कृय बनाउँछ भन्ने कतिपय डाक्टरको दावी छ ।
(४) एउटा कागतीलाई बोक्रैसंग सात, आठ टुक्रा गरी काट्ने र करिब १ लिटर पानीमा राख्ने । यसलाई राम्ररी उमाल्ने ताकि पानी केही फिक्का रातो देखियोस् । त्यसपछि पानीलाई आगोबाट निकाली बाहिर राख्ने र मनतातो भएपछि त्यसमा बेसार र नून राख्ने । बेसार र नून पहिल्यै किन नराख्ने भन्ने सम्बन्धमा बेसारमा एन्टीबायोटिक गुण पाइन्छ र यो बढ्ता तातोमा नष्ट हुन सक्छ, नूनमा आयोडिनको मात्रा पाइने हुँदा बढ्ता ततायो भने आयोडिनउड्न सक्ने हुँदा यी दुई चीज बेसार र नून पछि राख्ने भनिएको हो । यसरी तयार गरिएको कागती पानी पिउने गर्नाले पनि कोरोना भाइरसको विकास हुन पाउँदैन ।
(५) योगा–प्राचीनकालदेखि अपनाउदै आएको योगाभ्यास बर्तमान अवस्थामा पनि निकै उपयोगी मानिएको छ । योगा भन्नु नै जोड्नु हो । शाररीक र मानसिक अवस्थालाई एकआपसमा सौहार्दपूर्ण तरिकाले मिलन गराउनु नै योगा हो । यसमा शाररीक व्यायाम, स्वास,प्रस्वास सम्बन्धी व्यायाम र मानिसिक रुपमा तनाबमुक्त हुने अभ्यास गराइन्छ । यसबाट मानवीय जीवन उर्जाशील, आशावादी, सकारात्मक सोंचको विकास, हिम्मती, साहसी, बुद्धिमान जस्ता गुणहरुको सृजनात्मक विकास हुने हुनाले योगाभ्यास मानवजीवन सार्थक बनाउन उपयुक्त मानिएको छ । यो अभ्यासले पनि मानिसमा इम्युनिटी पावर (रोग प्रतिरोधात्मक शक्ति) बढ्ने भएकोले कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ । यसकारण यो पनि एउटा महत्वपूर्ण उपाय हो ।
सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरले ३२१ जना कोरोन संक्रमितको उपचार यी माथि उल्लेखित पाँचवटा विधिबाट गर्दै आएको छ र यहाँ उपचारत कुनैपनि संक्रमितको मृत्यु नभएको हुँदा यो विधि केही भरपर्दो रहेछ भनी बुझ्न गाह्रो पर्दैन । यो विधि सामान्य मानिसले, सामान्य घरेलु साधन प्रयोग गरेर, आफै पनि संक्रमितले प्रयोग गर्न सक्ने, धनपैसा पनि खर्च नहुने भएकोले जनकल्याणको खातिर यो पत्रिकाको माध्यमबाट अत्यधिक जनतासम्म यो विधि पुग्न सकोस भन्ने असल नियतले प्रचार–प्रसार गर्न खोजिएको हो । म आपैm डाक्टर भएर होइन कि डाक्टरको भिडियोको साहारा लिएर यो लेख प्रकाशन गरिएकोमा अन्यथा नलिइयोस् । धन्यवाद !!

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top