बिहिबार, बैशाख ६, २०८१ | Thursday 18th April 2024

कोरोनाबाट मृत्यु हुने १७ सय नाघे


एजेन्सी, बेइजिङ
चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० हजार ५ सय ४८ पुगेको छ । आइतबारमात्रै २ हजार ४८ वटा नयाँ बिरामी भेटिएका छन् । यस्तै आइतबारमात्र १ सय ५ जनाको मृत्यु भएको छ, जसमध्ये १०० हुबेई प्रान्तमा, ३ जनाको हेनान र ३ जनाको गुआङडङ प्रान्तमा मृत्यु भएको छ । योसँगै भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७० पुगेको छ ।

चीनले आइतबार लगातार तीन दिनदेखि नयाँ संक्रमितको संख्यामा कमी आएको तथ्य सार्वजनिक गरेको थियो । योबाहेक अस्पतालबाट निको भएर घर फर्किने संख्या पनि बढेको छ । आइतबार १ हजार ४ सय २५ जना डिस्चार्ज भएका छन्, अस्पतालको निगरानीमा रहेका २८ हजार १ सय ७९ जनामा संक्रमण नदेखिएपछि उनीहरुलाई छोडिएको छ ।

अहिलेसम्म १० हजार ८ सय ४४ जना बिरामी निको भएर घर फर्किसकेका छन् । संक्रमणबाट गम्भीर बिरामीको संख्या ६ सय २८ ले घटेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । अहिलेसम्म ५ लाख ४६ हजार १६ जना मानिसहरु संक्रमित व्यक्तिको नजिक रहेको र १ लाख ५० हजार ५ सय ३९ जना चिकित्सकको निगरानीमा छन् ।

नोभेम्बरको अन्तिममा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना विश्वका २६ मुलुकमा देखिएको छ । भाइरसका कारण चीनबाहिर हङकङ, फिलिपिन्स, र फ्रान्समा एक–एकजनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले यसै साता यो भाइरसलाई कोभिड–१९ नामाकरण गरेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वभरि फैलिएको र सयौँको ज्यान लिएको कोरोना भाइरसविरुद्धको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले जर्मनीमा आयोजित एक कार्यक्रममा भने, ‘रोग नियन्त्रणका लागि हामी सबै एकजुट हुनुपर्छ ।’ उनले एक देशले अर्को देशका नागरिकलाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल बन्द गर्नुपर्नेमा पनि जोड दिए ।

महामारीविरुद्ध लड्न सबैलाई तयारी अवस्थामा रहन पनि संगठनका प्रमुख टड्रोसले आग्रह गरे । कतिपयले कोरोनलाई चीनको नयाँ रोग भन्दै आमचिनियाँलाई होच्याइरहेका वेला डब्लुचएओका महानिर्देशकको यस्तो भनाइ आएको हो । विश्वमा आतंकवाद नियन्त्रणका लागि करोडौँ डलर लगानी भइरहेको स्मरण गराउँदै उनले महामारीजन्य रोग नियन्त्रणका लागि विश्व समुदायले पर्याप्त लगानी गर्नुपर्ने बताए ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top