मङ्लबार, बैशाख ११, २०८१ | Tuesday 23rd April 2024

ऐरावतीमा ५२ स्थानमा रिचार्ज पोखरी निर्माण हुँदै


सागर रिजाल
प्युठान, २ असार ।
जिल्लाको ऐरावती गाउँपालिकाले पालिका क्षेत्रका ५२ स्थानमा रिचार्ज पोखरी निमार्ण गर्न लागेको छ । पानिको मुहान संरक्षण गर्ने उदेश्यले ५२ स्थानमा रिचार्ज पोखरी निर्माण गर्ने कार्यको शुरुवात गरिेको पालिकाले जनाएको छ । पछिल्लो समयमा वनजङ्गल फडानि संगै पानिको मुहान सुक्दैजान थालेपछि गाउँपालिकाले उक्त कार्यको शुरुवात गरेको हो । ‘पुर्वाधार बिकास संगै सड्क निर्माणका क्रममा वनजङ्गल मासिने र खानेपानीको श्रोत सुकेर जाँदा यहाँका स्थानियलाई खानेपानिको चरम समस्या अत्याधिक रुपमा वढ्ेको छ, गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले भन्नुभयो,–‘पानिको समस्यालाई सहज पहुँचमा ल्याउनको लागि रिचार्ज पोखरी बनाउन लागिएको हो । ’
वन उपभोक्ता समितिको सक्रियतामा पोखरी
गाउँपालिका अन्र्तगत क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुको सक्रियातामा रिचार्ड पोखरीको थालनि गरीएको गाउँपालिका उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । गाउँपालिका भित्रका ६ वटा वडालाई समेट्नेगरी प्रत्येक वडामा पोखरी निमार्ण गरिने उहाँले बताउनुभयो ।
रिचार्ज पोखरी निमार्ण गरियसंगै आगामी दिनमा गाउँपालिका भित्रका नागरिकहरुलाई खानेपानिको समस्याबाट टाढा बनाउदै सहज रुपमा पानी आपुर्ति गर्ने योजना रहेको उपाध्यक्ष बस्नेतले बताउनुभयो । पालिकाले पानीको मुहान संरक्षणमा केहि सहयोग पुग्ने उदेश्य सहित वन महासंघको समन्वयमा पोखरी निमार्ण कार्य थालनी गरेको हो । कुनै वडामा पोखरी बनाउने कार्य समपन्न भएको छ, उपाध्यक्ष बस्नेतले भन्नुभयो–‘असार मसान्तसम्म सबै पोखरी निमार्ण गर्ने योजना छ । ’ सम्पन्न भएका पोखरीको अनुगमन, निरिक्षणको काम जारी रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
वन महासंघ समितिका सदस्यहरुलाई खाजा खर्च र दैनिक एक सय ५० रुपैया दिएर पोखरी निमार्णको काम अघि वढाईएको हो । स्थानियको समस्यालाई प्राथमिकता दिदैै ल्याएको योजना प्रति यहाँका स्थानिय नागरिक खुसि भएका छन् । आगामि दिनमा यसलाई संरक्षण र सर्वद्धन गर्ने दायित्व सबैको रहेको बताएका छन । अब पानिको समस्यावाट विचल्लि हुन नपनको लागि यसलाई दिगो रुपमा टिकाई राख्न स्थानियहरुलाई पालिकाले आग्रह गरेको छ । पोखरी निमार्णका लागि आवश्यक पर्ने औजार तथा सामाग्रिहरु गाउँपालिकालेनै उपलब्ध गराएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top