Invalid Conversion Type | Tuesday 20th April 2021

३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप


Hamroekata ९ फाल्गुन २०७७

प्यूठान÷ प्यूठानमा ३ हजार १ सय १३ जनाले कोभिड –१९ संक्रमण विरुद्धको खोप लगाएका छन् ।
सरकारको प्राथमिकता अनुसार पहिलो चरणमा १ हजार १ सय ३४ र दोस्रो चरणमा सञ्चालित खोप कार्यक्रम अन्तर्गत फागुन ७ गते सम्म १ हजार ९ सय ७९ गरी जम्मा ३ हजार १ सय १३ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
सरकारले पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी,स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी ,एम्वुलेन्स तथा शववाहन चालक ,सफाइ कर्मचारी र स्यम्सेविका लाई खोप दिने व्यवस्था गरेको थियो भने दोस्रो चरणमा सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्थाका कर्मचारी ,सञ्चारकर्मी,स्थानीय तहका जनप्रतिनीधि र कर्मचारी तथा प्रहरीलाई खोप दिने व्यवस्था गरेको थियो ।


फागुन २ देखि ७ गते सम्म जिल्ला अस्पताल प्यूठानमा व्यवस्था गरिएको दोस्रो चरणको खोप कार्यक्रममा सवै भन्दा बढि निजामती कर्मचारीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् भने स्थानीय तहका कर्मचारीहरुले पनि धेरैले खोप लगाएका छन् । जिल्लाका विभिन्न कार्यालयका ३ सय ५७ जना निजामती कर्मचारी तथा ३ सय २७ स्थानीय तहका कर्मचारीहरुले खोप लगाएका हुन् । त्यस्तै दोस्रो चरणकै खोप कार्यक्रममा बैंक तथा वित्तिय संस्थाका कर्मचारी २ सय ६८ जना, सञ्चारकर्मी ५५ जना ,सव व्यवस्थापन तथा अन्य सुरक्षाकर्मी २ सय ६० जना,जनप्रतिनीधि २ सय २७ जना,जनपथ प्रहरी २ सय ५ जना,प्राधिकरण र संस्थानका कर्मचारी १ सय ३५ जना,शसस्त्र प्रहरी ६३ जना, न्याय सेवा समुहका कर्मचारी २२ जना ,महिला स्वास्थ्य स्वयम्सेवीका ९ जना,स्वास्थ्य संस्थाका कर्मचारी ३ जना र एम्वुलेन्स तथा सववाहन चालक १ जना र पहिलो चरणमा छुट स्वास्थ्यकर्मी ४७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । त्यस्तै तेस्रो चरणको खोप कार्यक्रम फागुन २३ गतेवाट सञ्चालन हुने जसका लागि आवश्यक तयारी तथा समन्वय कार्य भईरहेको समेत प्रमुख सुवेदीले वताए । जिल्ला कोभिड १९ खोप अनुगमन तथा समन्वय समितिको वैठक वसेर सवै स्थानीय तहमा ७५ वर्ष माथी छुट्टै, ७० वर्ष माथी छुट्टै,६० देखि ७० सम्मको , ५५ देखि ६० सम्मको लक्षित वर्गको तथ्यांक मागिएको र जसका लागि स्थानीय तहमा नै खोप केन्द्र राखेर कार्यक्रम आयोजना गर्ने योजना रहेको समेत स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।


सम्बन्धित पोस्टहरू

Top