Invalid Conversion Type | Friday 5th June 2020

स्वर्गिय बुवाकोे सम्झनामा साबुन बितरण


Hamroekata १८ चैत्र २०७६

प्युठान, १८ चैत ।
स्वर्गिय बुवाको सम्झनामा प्युठान नगरपालिका वडा नम्बर सात पुण्यखोला निवार्षि टोप बहादुर थापाले साबुन बितरण गर्नुभएको छ । सोहि ठाउँका ८० घर परिवारलाई डिटोल साबुन बितरण गर्नुभएको हो ।


कृषि ज्ञान केन्द्र दाङका अधिकृत समेत रहनुभएका थापाले बुवा खिम बहादुर थापाको सम्झनामा प्रति परिवार दुई पिसका दरले मंगलवार बितरण गर्नुभएको जानकारि दिनुभएको छ ।
कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्यमा विशेष जोड दिनुपर्ने भएको हुँदा साबुन बितरण गरेको थापाले बताउनुभयो । साबुन बितरण कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष नेत्र बहादुर केसि, सदस्य नगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित पोस्टहरू

Top