Invalid Conversion Type | Tuesday 31st March 2020

स्थानीय सरकारको समन्वयमा गाउँघरमै पुगी माक्स र साबुन वितरण


Hamroekata १२ चैत्र २०७६

बासुदेब गिरी,प्युठान ।
जिल्ला समन्वय समिति प्युठानको सदस्य रेशमा केसी ९गिरी०र स्थानीय उद्योगी बिष्णु गिरीले वडाबासीलाई माक्स र स्थानीय हर्वल साबुन वितरण गरेका छन् ।
स्थानीय सरकारका जनप्रतिनिधिको उपस्तिथिमा प्युठान नगरपालिकाको वडा नम्बर ९ र १० का दुबै वडाका दुर्गम स्थानका स्थानीय लाई दुबै जनाले संयुक्तरुपमा एक हजार थान माक्स र पाँच सय पिस स्थानीय मरन्ठानामा उत्पादित हर्वल साबुन वितरण गरिने बताए ।
बुधबार प्युठान नगरपालिका वडा नम्बर ९ र १० का दुर्गम बस्तीहरु,छेपाने,काफलठुटा,कोटधारा,भुसवाङका स्थानीयलाई पाँच सय माक्स र एक सय पचास साबुन वितरण गरिएको बिष्णु गिरीले जानकारी दिए ।
संभाबित कोरोनाको जोखिमलाई न्युनिकरण गर्ने र जनताहरुको सरसफाइको आनिवानीमा परिवर्तन ल्याउने उद्देश्यले स्थानीयबासीलाई माक्स तथा हात धुने साबुन बितरण गरिएको जिल्ला समन्वय समिति प्युठानका सदस्य रेशमा केसी गिरीले बताइन् । उनले,ूभनिन् गाउँ बासीलाई केहि सहज होस भनेर गाउँ गाउँमा पुगेर माक्स र साबुन बितरण गरेका हौू। अन्य दुर्गम बस्तीमा समेत क्रममा वितरण गर्दै जाने गिरीले बताइन् । अभावको बेला घरआगनमै माक्स र साबुन पाउँदा स्थानीय खुशी भएका छन । वितरण कार्यक्रममा शिक्षक स्वास्थ्यकर्मी जनप्रतिनिधि सुरक्षाकार्मी पत्रकार लगाएतको सहभागी रहेको थियो ।

झिमरुक ८ मा कोरोना संक्रमणबाट बच्न साबुन र पर्चा वितरण
झिमरुक गाउँपालिका वडा नं ८ ले कोरोना संक्रमणबाट बच्नका लागि नौलो कार्यक्रम सञ्चालन गरेको छ । विश्वभर फैलिरहेका समयमा वडा कार्यालयले वडाभरिका स्थानियलाई बुधवार(आज) देखी एक वटा साबुन र कोरोनाबाट बच्नका लागि सचेतनामुलक पर्चा दिने कार्यक्रम सुरु गरेको वडा अध्यक्ष तुलस बस्नेतले बताउनुभयो । वडा कार्यालयले चालु आर्थिक वर्षमा छुट्टाएको ५० हजार रुपिँया रकमबाट साबुन दिने कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष , वडा सदस्यहरुको उपस्थितीमा प्रत्येक बस्तीमा पुगी परिचयात्मक कार्यक्रम, कोरोनाका बारेमा जानकारी संगै सचेतनामुलक पर्चा र साबुन दिएको वडाअध्यक्ष बस्नेतले बताउनुभयो । सरसफाईनै सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले वडाका सबै जनतालाई सरसफाईमा ध्यान पु¥याउने उदेश्यले फरक खालको कार्यक्रम गरेको उहाँले बताउनुभयो । मास्क पनि वितरण गर्ने वडाको योजना थियो ,तर माक्स पाएका छैनौ, वडाअध्यक्ष बस्नेतले भन्नुभयो,–‘नमुनाका लागि केहि माक्स पनि दिएका छौँ ।’
बुधवार वडाको गब्दी, टिमुरचौरका बस्तीमा यो सचेतनामुलक अभियान चलाएको र बाकी रहेका बस्तीमा विहिवार चलाउने वडा अध्यक्ष बस्नेतले बताउनुभयो । वडाका करिब ७ सय घरधुरीमा साबुन पु¥याईने उहाँले बताउनुभयो ।


सम्बन्धित पोस्टहरू

Top