Invalid Conversion Type | Saturday 15th August 2020

स्थानीय तहमा एक घर एक धारा अभियान सञ्चालन


Hamroekata २८ असार २०७७

प्युठान, २८ असार ।
जिल्लाका स्थानीयतहले नागरिकलाई खानेपानीको सहज आपूर्ति गराउनका लागि एक घर एक धारा अभियान सञ्चालन गरेका छन् । जिल्लाको माण्डवी गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका जनतालाई खानेपानीको सहज पहुँच पु¥याउन एक घर एक धाराको अभियान सञ्चालन गरेको छ । पालिकाले आर्थिक वर्ष ०७४÷०७५ मा पालिकाका विभिन्न क्षेत्रहरुमा खानेपानीकोे सहज आपूर्ति गराई एक घर एक धारा बनाउने अभियान शुरु गरेको हो । मानिसको पहिलो आधारभूत तत्व पानीनै भएकाले पालिकाले यो अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताए । पानीकै कारण धेरै समय खर्चने जनतालाई मध्यनजर गरि यो अभियान सञ्चालन गरिएको हो, उनले भने ,–‘यस अभियानले जनताहरुको समय सदुपयोग संगै खानेपानीको पहुँचमा पु¥याउने छ । ’
पालिकाले अघिल्लो आर्थिक वर्ष ०७५÷७६ मा साना ठूला गरी २० वटा खानेपानीका योजना सञ्चालन गरेको थियो । जसका लागि २ करोड १५ लाख बजेट विनियोजन भएको थियो । जसबाट आठ सय घरधुरीका करिब ४ हजार जनता लाभान्वित भएको गाउँपालिका प्राविधिक सागर पण्डीतले बताए । त्यस्तै चालु आर्थिक वर्षमा पनि पालिकाका दुई सय ३० घरधुरीमा खानेपानी एक घर एक धारा निर्माण गरिएको छ ।
जसबाट करिब एक हजार ४ सय जनता लाभान्वित भएका छन् । जसका लागि २६ लाख रुपिँया बजेट विनियोजन भएको थियो । त्यस्तै पालिकाकै बजेटबाट आपचौर लिफ्ट खानेपानी र उदयपुरकेट लिफ्ट खानेपानीको काम पनि सञ्चालन गरेको गाउँपालिकाका प्राविधिक पण्डीतले बताए । जसका लागि पालिकाबाट चालु आर्थिक वर्षमा १५÷१५ लाख बजेट विनियोजन गरिएको उनले बताए । पालिकाले आगामी वर्षमा पनि एक घर एक धारा अभियानलाई निरन्तरता दिने भएको छ ।
त्यस्तै प्युठान नगरपालिकाले चालू आर्थिक बर्षमा नगरक्षेत्रमा ३ सय ५० वटा घरमा एक घर एक धारा निर्माण गरेको छ । यस आवमा आठ सय घरधुरीमा धारा पु¥याउने लक्ष्य नगरपालिकाको रहेपनी बन्दाबन्दीले काम गर्न नपाएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । नगपालिकाले २०७४ को निर्वाचन पछि एक घर एक धारा निर्माणको काम गर्दै आएको उनले बताए । चालू आवमा ८ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । आगामी बर्षमा पनि नगरपालिकाले करिब ८ सय घरमा धारा निर्माण गर्ने नगरप्रमुख कक्षपतिले बताए । नगरक्षेत्रमा २०७४ पश्चात करिव एक हजार दुई सय घरमा धारा निर्माण गरिएको उनले बताए ।
प्युठान नगरपालिकाले चालू आर्थिक बर्षमा नगरक्षेत्रमा ३ सय ५० वटा घरमा एक घर एक धारा निर्माण गरेको छ । यस आवमा आठ सय घरधुरीमा धारा पुर्याउने लक्ष्य नगरपालिकाको रहेपनी बन्दाबन्दीले काम गर्न नपाएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । नगपालिकाले २०७४ को निर्वाचन पछि एक घर एक धारा निर्माणको काम गर्दै आएको उनले बताए । चालू आवमा ८ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । आगामी बर्षमा पनि नगरपालिकाले करिब ८ सय घरमा धारा निर्माण गर्ने नगरप्रमुख कक्षपतिले बताए । नगरक्षेत्रमा २०७४ पश्चात करिव एक हजार दुई सय घरमा धारा निर्माण गरिएको उनले बताए ।
गौमुखीमा एक घर एक धाराका लागि १ करोड बजेट
गौमुखी गाउँपालिकामा हालसम्म दुई सय १ घरमा एक घर एक धारा निर्माण भएका छन । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत वडा नं २ अर्खामा एक सय ५१ र वडा नं ३ रजवारामा ५० घरधुरीमा धारा निर्माण भएको गाउँपालिका अध्यक्ष विष्णु गिरीले बताए । त्यस्तै वडा नं ४ पुँजामा केन्द्र र प्रदेश सरकारको दुई करोड ५० लाख रुपिँया लगानीमा गौथलेमुल लिफ्ट खानेपानी आयोजना निर्माण भईरहेको अध्यक्ष गिरीले बताए । उहाँँका अनुसार यो खानेपानी आयोजना निर्माण पश्चात यहाँका दुई सय घरधुरी लाभांन्वीत हुने छन । गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक घर एक धारा कार्यक्रमका लागि एक करोड बजेट विनियोजन गरेको अध्यक्ष गिरीले बताए ।
संघ मार्फत ६१ र प्रदेश मार्फत १६ वटा खानेपानीका योजना सञ्चालनमा
जिल्लामा संघ सरकार मार्फत ६१ वटा र ५ नं प्रदेशबाट १६ वटा खानेपानीका योजनाहरु सञ्चालन भईरहेको खोनपानी तथा सरसफाई डिभिजन कार्यालय प्युठानले जनाएको छ । प्युठान नगरपालिकाको खैराकोट खानेपानी योजना, माण्डवीको जाडी खोला खानेपानी आयोजना सम्पन्न भईसकेका छन् । त्यस्तै माण्डवी गाउँपालिका नयाँगाउँ खानेपानी आयोजनाबाट करिब १ सय ५२ घरधुरी लाभांवित भएका छन् भने अन्य खानेपानी आयोजनाका कामहरु भईरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा योजनाहरुको कामका लागि केन्द्र सरकार मार्फत १५ करोड १ लाख ९० हजार रुपिँया र ५ प्रदेश सरकारबाट ९ करोड ९४ लाख रुपिँया बजेट विनियोजन भएको कार्यालय प्रमुख आदित हुसेनले बताए । बहुवर्षिय योजना भएकाले योजनाको काम सकिन समय लाग्ने उनको भनाई छ ।


सम्बन्धित पोस्टहरू

Top