Invalid Conversion Type | Friday 5th June 2020

सिमा क्षेत्रमा अलपत्र ३६ जना व्यक्तिलाई गाउँपालिका द्धारा उद्धार


Hamroekata ५ जेष्ठ २०७७

प्युठान, ६ जेठ ।
ऐरावती गाउँपालिकाले शनिवार र आईतबार गरि ३६ जना ब्यक्तिलाई पालिका क्षेत्रमा ल्याएको छ । भारतको विभिन्न ठाउँबाट कपिलवस्तुको सिमानामा आएका व्यक्तिलाई पालिका क्षेत्रमा ल्याईएको गाउँपालिकाका प्रवक्ता दामु विकले बताउनुभयो । भारतबाट नेपाल आउने सवारी साधन खुल्ला गरेपछि उनीहरु नेपाल भारत सिमाना हुदै दाङको भालुवाङसम्म आएका थिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सवारीसाधन मार्फत पालिका क्षेत्रमा ल्याई क्वारेन्टाईनमा राखिएको पालिका प्रवक्ता विकले बताउनुभयो ।

 

उहाँले भन्नुभयो,–‘शनिवार आएका व्यक्तिलाई विभिन्न क्वारेन्टाईनमा राखेपनि आईतबार आउनेलाई विजुली विद्यालयमा बनाईएको क्वारेन्टाईनमा राखेका छौँ ।’ उनिहरुलाई पालिकाले निमार्ण गरेको विभिन्न क्वारेन्टाइनमा राखिएको छ । अन्य व्यक्ति समेत भारतबाट आउनेक्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । हालसम्म ऐरावती गाउँपालिकामा विभिन्न ठाउँबाट आएका २ सय ३१ जना नागरिकलाई उद्धार गरेको प्रवक्ता विकाले बताउनुभयो । जसमध्ये आर.डि.टी. र पिसीआर विधिबाट स्वास्थ्य जाँच गरि नेगेटिभ रिपोर्ट आएका एक सय ८४ जनालाई घर पठाइएको छ ।


सम्बन्धित पोस्टहरू

Top