Invalid Conversion Type | Friday 5th June 2020

सामुदायिक विद्यालयद्धारा निशुल्क शिक्षा कार्यान्वयनका लागि अनेरास्ववियूको माग


Hamroekata ५ जेष्ठ २०७७

प्युठान, ५ जेठ ।
अनेरास्ववियू प्युठानले जिल्लामा सामुदायिक विद्यालयले निशुल्क शिक्षा कार्यान्वयनका लागि माग गरेको छ । सामुदायिक विद्यालयहरुमा माध्यामिक विद्यालयसम्म पठनपाठन निशुल्क गर्ने सरकारको निर्णय भएपनि जिल्लामा कार्यान्वयन नदेखिएपछि यसको कार्यान्वयनका लागि आज एक ज्ञापनपत्र जारी गर्दै निशुल्क शिक्षा कार्यान्वयनको माग गरेको हो ।
जारी ज्ञापनपत्र जिल्ला शिक्षा समन्वय इकाई प्युठानका प्रमुख शिवराज पण्डीतलाई हस्तान्तरण गरिएको छ । जिल्ला संयोजक जालबहादुर केसी, सहसंयोजक पुस्कर शर्मा, केन्द्रिय सदस्य विनोद भण्डारी, सुमन श्रेष्ठले संयुक्त रुपमा शिक्षा समन्वय इकाई प्रमुख पण्डीतलाई हस्तान्तरण गर्नुभएको हो ।
संयोजक र सहसंयोजकद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा लेखिएको छ,–‘ विद्यार्थीहरुबाट विभिन्न बाहानामा शुल्क असुली गरिरहेकोले विभिन्न शुल्क खारेज गरि निशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्छ । ’
त्यस्तै अनेरास्ववियू प्युठानले संस्थागत विद्यालयहरुले सरकारको मापदण्ड अनुसार छात्रवृतिमा अनिवार्य पढाउनुपर्ने माग गरेको छ । जिल्लामा संस्थागत विद्यालयहरुले सरकारले तोकेको भौतिक पूर्वाधारको पूर्ण मापदण्ड अनुसार नगरेकोको भन्दै मापदण्ड पुरा गरि पठनपाठन सञ्चालन गर्न आग्रह गरिएको संयोजक केसीले बताउनुभयो । त्यस्तै संस्थागत विद्यालयहरुमा जिल्ला प्याप्सनले वैज्ञानिक शुल्क निर्धारण गरि जिल्लाभर शुल्कमा एकरुपता ल्याउन समेत माग गरेको छ ।
हाल विश्वभर फैलिएको कोेरोना भाईरसको कारण आक्रान्त बनिरहेको समयमा विभिन्न विद्यालय तथा शिक्षकहरुले अनलाईन कक्षा सञ्चालनको बाहानामा शुल्क लिईएको पाईएकाले यस्तो कार्य बन्द गर्न समेत अनेरास्ववियू प्युठानले जोडदार माग गरेको छ ।


सम्बन्धित पोस्टहरू

Top