Invalid Conversion Type | Friday 5th June 2020

सामाजिक क्षेत्रमा अग्रसर बन्दै लायन्स क्लव अफ प्युठान


Hamroekata ८ जेष्ठ २०७७

प्युठान,
कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनका समयमा लायन्स क्लव अफ प्युठान सामाजिक क्षेत्रका काममा अग्रसर बनेको छ । गत वैशाख २२ गते निर्माण व्यवसायी बालाजु श्रेष्ठको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले सामाजिक क्षेत्रका काममा अग्रसर देखाउन थालेको हो ।
क्लवमार्फत प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा प्रतिक्षालय निर्माण गरिदैँ छ । क्लवमा आवद्ध सदस्यहरुको सक्रियतामा प्रतिक्षालय निर्माण गर्न थालिएको हो । प्रतिक्षालय निर्माणका लागि मंगलवार नगरप्रमुख अर्जुनकुमार कक्षपति र वडाअध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले संयुक्त रुपमा शिलन्यास गर्नुभएको छ । जिल्लामै मानिसहरुको चहलपहल हुन थालेको जुम्रीमा व्यक्तिहरुलाई बस्नमा सहज होस भन्ने उदेश्यले प्रतिक्षालय निर्माण कार्य सुरु गरिएको क्लवका अध्यक्ष बालाजु श्रेष्ठले बताउनुभयो । लकडाउनका समयमा खाली समय पारी हामीहरुले सामाजिक क्षेत्रमा काम गरेका छौँ, उहाँले भन्नुभयो,–‘यसमा सबैको सहयोगको अपेक्षा गरेका गरिएको छ ।’ प्रतिक्षालय निर्माण पश्चात यस क्षेत्रको सौन्दर्यता संगै आवातजावत गर्ने व्यक्तिलाई बस्नमा सहज हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।
प्रतिक्षालयको शिलन्यास गर्दै नगरप्रमुख कक्षपतिले लायन्स क्लवले जिल्लामै उत्कृष्ट काम गर्न लागेको प्रतिक्रिया दिनुभयो । यसले नगरमा रहेको जुम्री बजारको सौन्दर्यता बढाउने समेत उहाँको भनाई छ । सामाजिक क्षेत्रमा अग्रसर बन्दै आएको क्लवले आगामी दिनमा समेत अग्रसर बन्न नगरप्रमुख कक्षपतिले आग्रह गर्नुभयो ।
त्यस्तै क्लव मार्फत नयाँ बजार जुम्रीमै एउटा रूखमा गमला सहितका फुलहरु सजाइएको छ । रुखमै नेपालको झण्डा समेत बनाईएको देख्न सकिन्छ । यसले हरियाली संगै बजारकै सौन्दर्यता थप्ने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । सानो लगानीमा पनि केहि काम गर्न सकिन्छ भन्ने उदाहरण समेत हुने हुदाँ काम थालनी गरिएको उहाँले बताउनुभयो । करिब दुई लाख रुपिँया लगानीमा प्रतिक्षालय निर्माण हुने छ ।
यसपूर्व कोरोना भाईरसबाट प्रभावितहरुलाई क्लवका सदस्यबाट प्रति व्यक्ति १ हजारका दरले रकम उठाई केन्द्रबाट आएको रकम ८ हजार ३ सय रुपिँया मार्फत प्युठान नगरपालिका र मल्लरानी गाउँपालिकालाई क्रमस १० हजारका दरले राहत सामाग्री वितरण गरिएको क्लवका कोषाध्यक्ष झविन्द्र शर्माले बताउनुभयो । त्यस्तै जिल्ला अस्पताल विजुवारमा आउने बिरामीलाई रगतले रोकिन नपरोस भनेर केहि समय पहिले क्लवमा आवद्ध १५ जना सदस्यले रक्तदान समेत गरेको उहाँले बताउनुभयो । क्लवमा आवद्ध सदस्यले ३÷३ महिनामा रक्तदान गर्ने, ६ महिनामा नेतृत्वविकास तालिम सञ्चालन गर्ने समेत योजना बनाईएको कोषाध्यक्ष शर्माले बताउनुभयो । लायन्स क्लव अफ बिगत १० बर्षदेखि जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आएको एक अन्र्तराष्ट्रिय संस्था हो ।


सम्बन्धित पोस्टहरू

Top