प्यूठान ÷नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का महासचिव दामोदर अधिकारीले सहकारी संघ ,संस्थाका नेतृत्वले नेतृत्वमा रहदा आफ्नो भुमिकालाई आत्मवोध गरी अघि बढ्न जरुरी रहेको बताएका छन् ।
आज बचत तथा ऋण सहकारी जिल्ला संघ लि. प्यूठानको आठौ वार्षिक साधारण सभाको अवसरमा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले कुनै पनि सहकारी संघ संस्थाको नेतृत्व तहमा वस्नेले आफ्नो भुमिकालाई मनन् गरेर सो अनुसार जिम्मेवारी वोध गर्न जरुरी रहेको बताएका हुन् ।
सहकारी संघ संस्था खोल्नु ,सञ्चालक समितिमा वस्नु ठुलो कुरा नभएको चर्चा गर्दै महासचिव अधिकारीले सहकारीको नेतृत्व सदस्यका लागि काम गर्दछु भनेर चयन हुने स्वयम्सेवी भएकाले नेतृत्वले संस्था सञ्चालन,व्यवस्थापन र संस्थागत विकासको कुरालाई जिम्मेवारीताका साथ ध्यान दिएर अघि बढ्न तथा त्याग गर्न जरुरी रहेको बताए । सहकारी संस्था हाँक्ने सञ्चालक क्षमतावान वन्नु पर्नेमा समेत प्रमुख अतिथि अधिकारीले चर्चा गरे । प्यूठान जिल्लाको सहकारी अभियान संग आफु सधै नजिक रहेको अनुभव सुनाउदै महासचिव अधिकारीले भने “प्यूठान जिल्लाको सहकारी अभियान संख्यात्मक हिसावले माथी देखिए पनि गुुणात्मक रुपमा फड्को मार्न नसकेको अनुभुति भएको छ । प्यूठानको सहकारी अभियानलाई माथी उठाउन नेफ्स्कुनले जिल्ला संघ साझेदारी कार्यक्रम प्यूठानमा ल्याएकाले सवैले कार्यक्रममा चासो र सकृयता बढाई अभियानलाई माथी उठाउन आग्रह गर्दछु । आगामी दिनमा यस जिल्लाको सहकारी अभियानलाई अघि बढाउन मेरो तथा नेफ्स्कुनको सधै साथ र सहयोग रहनेछ ” सहकारी संस्था अव व्यक्ति केन्द्रित होइन नीति र विधी अनुरुप अत्याधुनिक प्रविधीलाई प्रयोग गरी सञ्चालन हुनु पर्नेमा जोड दिदै महासचिव अधिकारीले सहकारी संस्था अव व्यवहारिक तरिकाले होइन काम कसरी गर्ने भन्ने नीतिको विकास गरी नीति अनूरुप चल्नु पर्ने तथा सहकारीमा काम गर्नेको मन इमान्दार तथा पैसामा लोभ नजाने खालको हुन जरुरी रहेकाले यी यावत विषयमा नेतृत्व उत्तिकै क्षमतावान ,चनाखो तथा सम्वेदनशील रहनु पर्ने समेत प्रष्ट पारे।
संघका अध्यक्ष भोज वहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघका सचिव वलभद्र के.सी.ले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष निरज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष ओम भक्त पण्डित ,धर्मावती महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पवित्रा जि.सि.दिपज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास के.सी.लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघले आगामि वर्ष गर्ने कार्यक्रम अन्तर्गत आवद्ध साकोसहरुमा साकोस एकरुपता प्रणाली लागु गर्ने , आवद्ध साकोसहरुको सुपरिवेक्षण गर्ने , क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने , नेफ्स्कुनको सहकार्यमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सञ्चालन गर्ने , संघको व्यावसायिकता वृद्धि गर्ने , कार्यालय व्यवस्थापन गर्ने,नेफ्स्कुन साझेदारी कार्यक्रम सञ्चालन गर्ने लगायतका महत्वपूर्ण योजना अघि सारेको छ । कार्यक्रममा नेफ्स्कुन र जिल्ला संघ साझेदारी कार्यक्रम सञ्चालनका लागि जिल्ला संघ सवलीकरण कार्यक्रमका सम्वन्धमा नेफ्स्कुन फिल्ड कार्यालय दाङ्गका इन्चार्ज वेदप्रसाद भट्टराइले प्रस्तुतिकरण गरेका भिए भने उपाध्यक्ष माया गिरीको स्वागत मन्तव्य वाट सुरु भएको साधारण सभाको सञ्चालन संघका सञ्चालक केशवराज भण्डारीले गरेका थिए । संघले संघको विकास तथा सहकारी अभियानमा उल्लेख्य काम गर्ने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट व्यवस्थापक अन्तर्गत जुम्री वाहाँजोरी साकोसका व्यवस्थापक एकराज सुवेदी , पूर्व अध्यक्ष ओम भक्त पण्डित तथा उत्कृष्ट संस्थामा लालीगुरास साकोस लाई कार्यक्रममा सम्मान गरिएको थियो ।