Invalid Conversion Type | Saturday 19th October 2019

सरुमारानीले टुहुरा बालबालिकाहरुलाई भत्ता दिने


Hamroekata १२ असार २०७६

प्यार अलि खाँन
प्यूठान, सरुमारानी गाँउपालिकाले टुहुरा बालबालिकाहरुलाई मासिक भत्ताको व्यवस्था गर्ने भएको छ । संरक्षकविहिन बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यका साथ कार्यक्रम ल्याईएको हो । आर्थिक वर्ष २०७६÷२०७७ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ मासिक १ हजार भत्ता दिनेगरि कार्यक्रमको कार्यविधि तयार गरि प्रभावकारी कार्यान्वयन गर्ने गाँउसरकार प्रमुख झगबहादुर विश्वकर्माले बताए । ‘प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याएका छौैँ ।’ पालिका अध्यक्ष विश्वकर्माले भने, ‘असाय, अनाथ तथा अति बिपन्न बालबालिकालाई सहयोग पुग्ने छ ।’
पालिकाको समृद्धि र विकासका लागि ५ वर्षे आवधिक योेजना निर्माण गरि आगामी वर्षदेखि आवधिक योजनाका लक्ष्य अनुसार वार्षिक योजनालाई आवद्ध गरि विकासे कार्यक्रमहरु संचालन गरिने अध्यक्ष विश्वकर्मा बताउछन् ।
गाँउपालिकाले शिक्षामा जनतालाई आर्थिक बोझबाट मुक्त गर्न ०७५÷०७६ बाटै ४९ वटा अनुुदान शिक्षक दरबन्दी कायम गरि पदपुर्ति समेत गरको छ । खानेपानी समस्या निराकरण गर्न पालिकाले पूर्व घोषित लक्ष्य परिपूर्ति गर्न अधिकतम पहलकदमी तथा बजेटमा विशेष प्राथमिकता दिएको बताएको छ । विपन्न बर्ग सुरक्षित आवास कार्यक्रम अन्तर्गत गत वर्ष ९० घरधुरीमा जस्तापाता लगाईएकोमा यस वर्ष पालिकाका ६५७ खरको छाना घरधुरी मध्ये झण्डै आधामा जस्तापाताले घर छाईदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाले प्रगतिशिल कर प्रणाली मार्फत राजश्व र कर प्रशासनलाई प्रभावकारी बनाउने नीति लिएको छ भने सार्वजनिक खरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी र गुुणस्तर बनाउँदै लैजाने बताएको छ ।
पालिकाले पर्यटन प्रर्वद्धनमा पनि उक्तिकै चासो दिनुका साथै कृषि क्षेत्रको विविधिकरण र व्यवसायिकरणमा जोड दिन किसानसंग गाँउसरकार कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्न गाँृउ प्रहरीको व्यवस्था गर्ने गरिने बताएको छ ।
स्वास्थ्य संस्थामा ल्याव सेवा, छोरी पेवा वचत कार्यक्रमलाई निरन्तरता दिँदै २०७६ चैत्र मसान्त सम्म पूर्ण सरसफाईयुक्त गाँउपालिका घोषणा गर्न प्लाष्टिक रहित बस्ती कार्यक्रम संचालन गर्ने बताएको छ । पालिकाको प्रशासनिक भवन निर्माण, वडा नं. ५ र ६ को वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
सडक पूर्वाधार स्तरोन्नती गरि यातायात सेवालाई प्रभावकारी बनाउन सडक कालोपत्रे, ट्रयाक खोल्ने कार्यलाई अगााडी बढाउँदै वडा तथा बस्तीहरुलाई सडक संजालमा जोड्ने नीतिलाई निरन्तरता दिएको पालिकाका उपाध्यक्ष मिनाकुमारी सोमैले बताईन । सार्वजनिक जग्गा अतिक्रमण रोक्न सार्वजनिक जग्गा खोजी कार्यदल गठन कार्य अघि बढाईने नीति कार्यक्रममा पालिकाले समावेश गरेको छ ।
आगामी शैक्षिक सत्र देखि प्राविधिकधार तर्फ सिभिल इन्जिनियरिङ्ग ओभरसियर तहको पढाई सुरुवात गरिने नीति लिईएको पालिकाका प्रवक्ता बसन्त बहादुर जिसीले बताए । गाँउपालिकाको क्षेत्रमा निजी तथा सार्वजनिक आवादी जग्गाको मुल्याकंन गरि कृषि योग्य, क्षेत्र बस्ती तथा बजार क्षेत्र र औधोगिक क्षेत्र निर्धारण गर्ने गरि भूउपयोग योजना निर्माण गरिने पालिकाले बताएको छ । मंगलबार अध्यक्ष विश्वकर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने बुधबार आ.व २०७६÷०७७ का लागि पालिका प्रमुख विश्वकर्माद्धारा पेश भएको ३३ करोड ८५ लाख ७८ हजार बजेट तथा कार्यक्रम पाँचौ गाँउसभाबाट स्वीकृत भएको छ ।


सम्बन्धित पोस्टहरू

Top