Invalid Conversion Type | Saturday 15th August 2020

सडक डिभिजन प्यूठानका प्रमुख सहित दुई इञ्जिनियरविरुद्ध मुद्दा दायर


Hamroekata २८ पुष २०७६

काठमाण्डौँ ।
डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख ९सीडीई० सहित २ जनाविरुद्ध घुस मुद्दा दायर गरिएको छ। अख्तियारले सीडीई ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले सेवाग्राहीबाट २० लाख घुस लिएका थिए।
सडक निर्माणको मूल्यांकन गर्दा निर्माण सकिएको कामको विवरण हेरफेर गरी बाँकी बिलको भुक्तानी दिन उनीहरूले घुस लिएका थिए। अनुसन्धानको सिलसिलामा संकलित सबुत प्रमाणबाट ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिले प्रोलिफिक कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका प्रोप्राइटरसँग सब–कन्ट्र्याक्टरको सम्झौता गरी प्युठानको भिंग्रीदेखि स्वर्गद्वारी सडकखण्डको १४ किलोमिटर कालोपत्रे भएको थियो।

सम्झौताअनुसार गरेको काम ९बाँकी रनिङ बिल० को भुक्तानी डिभिजन सडकबाट पाउन पटकपटक अनुरोध गर्दा बहाना बनाएर सेवाग्राहीलाई अप्ठ्यारोमा पारी भुक्तानी भइसकेको रकम ४ करोडको ६ प्रतिशत २४ लाख रुपैयाँ घुस मागेका थिए। अनुसन्धानबाट बार्गेनिङ गर्दै ४ लाख घटाएर २० लाखमा सहमति भएको खुलेको छ। उनीहरूले नियमअनुसार हुने काममा नहुने डरत्रास देखाइ, भ्रष्टाचारको मनसायले बार्गेनिङ गरी सेवाग्राहीलाई परिबन्दमा पारी काम नगरी घुस दिन बाध्य बनाएको अख्तियारले जनाएको छ। गत मंसिर २४ गते सेवाग्राहीलाई काठमाडौं–१० नयाँ बानेश्वरस्थित रोयल एलिनाज् बेकरी क्याफेमा इन्जिनियर निरोज महर्जनले बोलाइ घुस लिएका थिए। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद मागदाबीसहित अदालतमा आरोपपत्र दायर गरिएको छ। आजको अन्नपूर्ण पोष्टमा खवर छ ।


सम्बन्धित पोस्टहरू

Top