Invalid Conversion Type | Saturday 19th October 2019

शिक्षा संगै खेलाडी उत्पादन गर्नुपर्छ ः सदस्य सचिव सिलवाल


Hamroekata ८ श्रावण २०७६

 

प्युठान,८ साउन ।
राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले खेलाडी उत्पादन हुने स्थान विद्यालय भएको बताउनुभएको छ । बुधवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विद्यालय स्तरबाटै खेलाडीको उत्पादन हुने बताउनुभयो । बालबच्चालाई पढाईको सुरुवातसंगै खेलकुदतिर प्रेरित गर्नुपर्छ, सदस्य सचिव सिलवालले भन्नुभयोे,–‘मेरो कार्यकालमा यहि अनुसार कार्ययोजना बनाएको छु । ’ विद्यालय, कलेज स्तरबाटनै खेलक्षेत्रमा लाग्ने हो भने विजय हुनलाई कुनै अफ्ठेरो नहुँने उहाँले बताउनुभयो । बालबालिका छ देखी आठ बर्षको उमेरदेखीनै खेलक्षेत्रमा लाग्यो भने खेलक्षेत्रको विकास हुन्छ, उहाँले भन्नुभयोे,–‘ शिक्षा संगै खेलाडी उत्पादनमा जोड दिनुपर्छ । ’ शिक्षा संगै खेलाडी उत्पादनका लागि आफ्नो कार्यकालमा योजना बनाएर अगाडी वढेको उहाँले बताउनुभयो ।
खेल क्षेत्र मानिसको शारिरिक र मानसिक स्वस्थ्यताको माध्यम भएको उहाँले बताउनुभयो । खेलक्षेत्रमा लागेका मान्छेहरु प्रोत्साहित, सहयोग नहुनाले छाड्न परेको धेरै उदाहरण रहेको उहाँको भनाई छ । नेपालमा खेलकुदको विकासका लागि कर्मचारी व्यवस्थापन, प्रशिक्षकको व्यवस्थापन, खेलमैदानको व्यवस्थापन, खेल कोचको व्यवस्था लगाएतका कामलाई प्राथमिकतामा राखी आफ्ना कार्यक्रमहरुलाई अगाडी वढाउने योजना लिएको उहाँले बताउनुभयो । कर्मचारी अभावले नै कति जिल्लाका खेलकुदका कार्यक्रमहरु रोकिएका छन्, उहाँले भन्नुभयो,–‘ स्थायी माध्यमबाट कर्मचारी पठाउने योजना बनाउको छु । ’
पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका सदस्य सचिव सिलवालले खेल क्षेत्रको विकासका लागि केन्द्र , प्रदेश संगै स्थानिय तहबाट पनि बजेटको विनियोजन हुनुपर्ने बताउनुभयो । नेपालमा १३ औँ सार्क खेल हुन लागेकाले यो समय त्यता तिर वढी ध्यान दिएको उहाँले बताउनुभयो । १३ औँ सार्क खेलकुद प्रतियोगितामा २० वटा खेल काठमान्डौँ र सात वटा पोखरामा हुन लागेको उहाँले बताउनुभयो
खेलाडीको ईन्सुरेन्स अनिवार्य
खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको अनिवार्य ईन्सुरेन्स हुनुपर्ने सदस्य सचिव सिलवालले बताउनुभयो । खेल क्षेत्रमा व्यक्तिहरुको चासोँ वढी भएपनि नटिक्ने समस्या छ, उहाँले भन्नुभयो,–‘खेलाडीको ईन्सुरेन्सले पनि खेलाडीको मनोवल वढने छ र खेललाई निरन्तरता दिनेछन् । ’ केन्द्र, प्रदेश र केन्द्रको आयोजनामा हुने खेलमा खेलाडीको ईन्सुरेन्स गरेर मात्र खेल खेलाउन आग्रह गरेको उहाँले बताउनुभयो ।
खेलकुद संघलाई आर्थिक पारदर्शीता र कुन –कुन खेल खेलाउने यसको लागि क्यालेण्डर बनाउनका लागि कडाईका साथ अगाडी वढेको उहाँले बताउनुभयो ।
मंसिरमा राष्ट्रिय स्तरको भलिबल खेल हुने
प्युठानमा आउदो मंसिरमा राष्ट्रिय स्तरको भलिबल खेल सञ्चालन हुने भएको छ । जिल्लालाई चिनाउन संगै खेलक्षेत्रको विकासका लागि खेलको आयोजना गर्न लागिएको हो ।सदस्य सचिव सिलवालले प्युठानमा राष्ट्रिय स्तरको भलिबल खेल सञ्चालन गर्न आग्रह गर्नुभएको हो । जिल्ला अध्यक्ष श्याम थापालाई भलिबल खेल सञ्चालन गर्न आग्रह गर्दै उहाँले भन्नुभयो,–‘खेल सञ्चालनका लागि आवश्यक सहयोग राष्ट्रिय खेलकुद परिषदले नि गर्नेछ । ’
पत्रकार सागर रिजालको सहयोगमा


सम्बन्धित पोस्टहरू

Top