Invalid Conversion Type | Tuesday 19th November 2019

विप्लवका कार्यकर्ताले गरे आत्मसर्मपण सहित पार्टी परित्याग


Hamroekata २८ आश्विन २०७६

प्युठान,२८ असोज ।
सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका एक नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठानमा एक प्रेस बिज्ञप्ति जारी गरी माण्डवी गाउँपालिका वडा नम्वर १ दमारे निबासी ५० बर्षिया मन बहादुर नेपालीले आत्मसर्मपणसहित पार्टी परित्याग गरेको जनाएका छन् ।
यस अघि नेकपा (विप्लव) समुहका प्युठान जिल्ला सदस्यको जिम्मेबारीमा रहेका नेपालीले उक्त पार्टीको कुनैपनि जिम्मेवारीमा आफू नरहेको र स्वतन्त्र रुपले बस्ने घोषणा गरेका हुन् । उनले बिगतमा आफु त्यो पार्टीमा समर्पित भएर काम गरे पनि अबका दिनका उक्त पार्टी परित्याग गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । बिप्लव नेतृत्वको नेकपासंग पुर्व भएका सवै सम्बन्ध आजका मितिबाट टुटाएको समेत विज्ञप्तीमा उल्लेख छ ।


सम्बन्धित पोस्टहरू

Top