Invalid Conversion Type | Monday 21st June 2021

वातावरण दिवसको अवसरमा बृक्षारोपण


Hamroekata २३ जेष्ठ २०७८

प्यूठान,विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गरिएको छ ।
हिजो स्वर्गद्वारी नगरपालिका, वनवातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजना र कृषि तथा जीविकोपार्जन प्रबद्र्धन (GOAL-II परियोजनाको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकाको वडा नं. ४ र ९ को कार्यालय हाता भित्र ४ सय १५ वटा विरुवा वातावरण दिवस मनाइएको हो ।
कोरोना सतर्कतालाई मध्यनजर गर्दै आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा मन्तव्य राख्दै स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादर रोका क्षेत्रीले विरुवा लगाउनु मात्रै मुख्य कुरा नभई लगाईएका विरुवाको संरक्षण तथा सम्बद्र्धन गर्नु महत्वपुर्ण रहेकोमा जोड दिए ।
अष्ट्रेलियन एड र आड्रा अष्ट्रेलियाको आर्थिक सहयोग र आड्रा नेपाल, रुपान्तरण र फूलवारी एकिकृत ग्रामीण विकास संस्थाको साझेदारीमा सञ्चालितGOAL-II परियोजनाले प्रत्येक वर्ष कार्यक्षेत्रका स्थानीय तहसँगको सहकार्यमा विभिन्न दिवशहरु मनाउने कार्यमा सहकार्य गर्दै आएको कार्यक्रमका पालिका संयोजक मोहन सुवेदील बताए ।
यस वर्ष“नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना”भन्ने मुल नाराका साथ विश्व वातावरण दिवश मनाईएको हो । पालिका संयोजक मोहन सुवेदीको सहजिकरणमा सञ्चालन भएको सो बृक्षारोपण कार्यक्रममा स्र्वद्धारी नगरपालिकाका नगरप्रमुखले विरुवा रोपी उद्घाटन गरेका थिए । ।कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर के सी, वडा नं. ९ का वडाध्यक्ष नर बहादुर बि एम, आड्रा नेपालका पुर्णलाल श्रेष्ठ, रुपान्तरणका शंकर भट्ट, फूलवारी एकिकृत ग्रामीण विकास संस्थाका अध्यक्षश्री गुणेन्द्र बस्नेत, कार्यकारी निर्देशक टिकाराम आचार्य लगाएतन्इब्ी(क्ष्क्ष् परियोजनाका कर्मचारी, वडा कार्यालयका कर्मचारी तथा कृषक समुहका लाभान्वित सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमका लागी स्वर्गद्वारी नगरपालिकाले रु २० हजार र न्इब्ी(क्ष्क्ष् परियोजनाले रु ३० हजार आर्थिक सहयोग उपलव्ध गराएको जानकारी गराइएको छ ।
कार्यक्रममा बोल्दै फूलवारी एकिकृत ग्रामीण विकास संस्थाका अध्यक्षगुणेन्द्र वस्नेतले परियोजनाले सदैव नगरपालिका संगको समन्वयमा वातावरण संरक्षणका कार्यहरु गर्दै आएको र गरेका क्रियाकलापको दीगो व्यवस्थापन गर्न सवै सहभागीहरुलाई अनुरोध गरे । साथै आड्रा नेपालका पुर्णलाल श्रेष्ठले पछिल्लो समयमा विभिन्न पुर्वाधारका कार्यक्रमहरु समुदाय स्तरमा सञ्चालन भैरहेको सन्दर्भमा वातावरणमा नकारात्मक प्रभाव परिरहेको हुँदा स्थानीय सरकारले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने औल्याउनुभयो । वडा नं. ९ को समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष नर बहादुर बिएमाले भन्नुभयो “निर्माणधिन वडा कार्यालयको परिसरमा गरिएको यस बृक्षारोपण कार्य आफैमा वातावरण संरक्षण तिरको पाइला हो । यि सवै विरुवाको संरक्षण र सम्बर्धन वडा कार्यालयले गर्नेछ । यस कार्यमा हामी सवै वडाबासी लाग्नेछौं । बृक्षारोपणले वडा कार्यालयलाई सुन्दर त बनाउने नै छ साथै वातावरण संरक्षण गर्नु पर्छ भन्ने सन्देश पनि दिएको छ ।”
कोभिड संक्रमणको अवस्थामा पनि स्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरी सञ्चालन भएको उक्तकार्यक्रममा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृतले बृक्षा रोपणले वडा कार्यालयको परिसरको सुन्दरता बढाउनुका साथै वातावरण संरक्षणमा योगदान पुग्ने बताउनुभयो ।
त्यस्तै वडा नं. ४ मा भएको छोटो कार्यक्रममा पनि समुदायका व्यक्तिको साथै जन प्रतिनिधि, पालिकाका कर्मचारी तथाGOAL-II परियोजनाका कर्मचारीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुखले पालिकाबाट पनि वातावरण संरक्षणका कार्यक्रलाई प्राथमिकत दिने साथै यस सम्वन्धि काकार्यक्रमहरुमा विकास साझेदार निकायहरुलाई सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । कार्यक्रमको समापन गर्दै वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र हमालले परियोजनाले विश्ववातावरण दिवशको अवसरमा आगामी दिनमा पनि वडाले गर्ने हरेक क्रियाकलापमा साथ र सहयोग रहिरहने प्रतिवद्धताका साथै लगाईएका विरुवाको संरक्षण गर्न प्रतिवद्धता व्यक्त गरेको गोल कार्यक्रमका पालिका संयोजक मोहन सुवेदीले जानकारी दिए ।


सम्बन्धित पोस्टहरू

Top