Invalid Conversion Type | Saturday 15th August 2020

वडा समिक्षा कार्यक्रममा नगरप्रमुख नै झोक्किएपछी …………..


Hamroekata ९ श्रावण २०७७

प्रकाश बैद्य
प्यूठान साउन, ९ । वर्तमान लोकतान्त्रिक राज्य व्यवस्थामा जनप्रतिनिधी जनता प्रति उत्तरदायी हुनु पर्ने हुन्छ , जनताको गुनासो सुन्ने र उठेका गुनासालाई आत्मसात गरी कार्यान्वयनमा अधिकतम प्रयत्न गर्नु जनप्रतिनिधीको कर्तव्य हो तर यहाँ त कही नभएको जात्रा ………..गाउँमा भने जस्तै छ , कुरा हो प्यूठान नगरपालिका ३ को बार्षिक समिक्षा कार्यक्रमको ।
आज शुक्रवार प्यूठान नगरपालिका ३ स्थित विजयलक्ष्मी महिला सहकारी संस्थाको हलमा गत आ.व.मा भएका विकास निर्माण लगाएतका कार्यक्रमहरुको समिक्षा गरे । समिक्षा कार्यक्रममा घारी कुलोको पहिरोको दिगो व्यवस्थापन हुनु पर्ने,सडक विस्तार गरिनु पर्ने, कृषि क्षेत्रलाई विशेष कार्यक्रमहरु ल्याइनु पर्ने , शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा विशेष योजना अघि सारिनु पर्ने , पुराना अधुरा सडकहरु जस्तै बतासेडाँडा सापडाँडा सडक पुरा गरिनु पर्ने , सापडाँडा हेल्थपोष्ट देखि घारीकुलो हुँदै सापडाँडा जाने सडक दिगो रुपमा व्यवस्थित गरिनु पर्ने , विजयनगरमा सञ्चालित विभिन्न खानेपानी तथा सडक विस्तार योजना यथाशिघ्र सम्पन्न हुनु पर्ने ,डाँडागाउँको सभाहल वनाउने योजना ,छोरी जन्मदा बैंकमा खोलीने खाता स्थानीय सहकारीमा खोलिनु पर्ने तथा अन्यत्र वडाको तुलनामा प्यूठान नगरपालिकाले वडा न.३ लाई त्यति ध्यान दिन नसकेको हुँदा वडा न. ३ को विकासमा नगरपालिकाको ध्यान जानु पर्ने लगायतका विषयहरु नागरिक समुदायले उठाए ।
गाउँ गाउँवाट आफ्ना समस्याहरुलाई वोकेर आएका जनताले नगर प्रमुख अर्जुन कुमार कक्षपतिको विकासको प्रतिवद्धता सुन्न आतुर थिए तर जनताले सोचे भन्दा फरक शैलीमा नगर प्रमुख प्रस्तुत भए । जनताका समस्या तथा राखेका गुनासाहरुको सम्वोधन गर्नु भन्दा पनि मेयर कक्षपतिले झोक्किएर आवेगपूर्ण शैलीमा आफ्ना मन्तव्य व्यक्त गरे । मन्तव्यको सुरुमा कोरोना संकटले सृजित वर्तमान समस्यामा सवै नगरवासी एकजुट हुन आग्रह समेत गरेका नगर प्रमुखले सरकारलाई मात्र दोष लगाएर कोहि उम्किन नपाउने बताए । नगरपालिकाले शिक्षामा ठुलो लगानि गरेको कुरालाई जोड दिदै उनले विजयनगरका जनतालाई प्रतिवद्धता जनाउनुको साटो उल्टो झोक्किएर नगरपालिकाले यसो गरेको छ उसो गरेको छ भनेर प्रचारात्मक कुरा धेरै गरे ।  विजयनगरका जनताको गुनासाको सम्वोधन गर्नु भन्दा पनि “ काम कुरो एकातिर कुम्लो वोकी ठिमितिर ै भने झै  नगरप्रमुखले भित्रिकोट पर्यटकिय स्थल ,झिमरुक तटवन्ध लगायत विविध क्षेत्रमा नगरपालिकाले गरेको कार्यको वर्णन गर्दै जुमृ वसपार्क देखि सापडाँडा बाटो जोड्ने जुमृखोलामा पक्की पुल निर्माणका लागि डिपि आर गरेर काम सुरु हुने वेलामा असफल पार्ने को ? खवरदार भन्दैे पुल असफल पार्ने तपाईहरु हो त्यसैले तपाईहरु पछि पर्नु भएको छ भनेर उपस्थित जनतासंग झोक्किए । नगरप्रमुख कक्षपतिले नगरपालिकाले नगर क्षेत्रको विकासको लागि हरेक क्षेत्रमा उल्लेख्य काम गरेको बताउदै विकासको सन्दर्भमा आफु ३ घण्टा सम्म वहस गर्न तयार रहेको समेत बताए ।
साँच्चिनै विजनगरका जनताले नगरपालिकाले नगरेको तथा केहि कामै नभएको भनेका होइनन् उनिहरुले त आफ्ना अधुरा योजना तथा समस्याहरुको गुनासो जनताको केन्द्रविन्दु तथा भरोसाको रुपमा रहेका नगरप्रमुखलाई राखेका हुन् तर नगरप्रमुखले जनताका गुनासाको उचित जवाफ दिनुको साटो झोक्किदै आफ्ना कुरा गरेर हिड्नुलाई वडा न. ३ का जनताले दुःख प्रकट गरेका छन् ।
कार्यक्रममै आफु एउटा प्राविधिक समेत भएकाले खानेपानी तथा विकास निर्माणको विषयमा उचित सुझाव व्यक्त गरेका विजयनगरवासी एवं नेपाल टेलिकमका इन्जिनियर सन्तोष शर्माले यस विषयमा कुरा गर्दा जनताको गुनासालाई आत्मसात नै नगरी नगरप्रमुख कार्यक्रममै झोक्किनु दुःखको कुरा भएको बताए । यसै विषयमा नेपाल रेडक्रस सोसाइटि प्यूठानका सभापति एवं समाजसेवी गुमानराज पुलामीले भने “जनताका गुनासाहरु जनप्रतिनिधीले सम्वोधन गरिदिनु पर्दछ । ै
जनतावाट आएका गुनासाहरुको कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष प्रेम वहादुर हमालले जवाफ दिएका थिए । अध्यक्ष हमालले सिमित श्रोतवाट आफुहरुले सकभर सवै क्षेत्र समेटेर कार्यक्रम सम्पन्न गरेको र आगामि दिनमा आएका सुझावहरुलाई आत्मसात गरेर अघि बढ्ने प्रतिवद्धता गरेका थिए । कार्यक्रममा आ.व. ०७६।०७७ मा गरिएका योजना तथा कार्यक्रमको समिक्षा गरिएको थियो । कार्यक्रममा वडा सचिव कमला आचार्यद्धारा आ.व. ७६।०७७ मा विभिन्न योजनामा खर्च भएको कुल २ करोड ७३ लाख ८ हाजर ९ सय २ रुपैयाको खर्च विवरण प्रस्तुत गरिएको थियो । समिक्षा कार्यक्रममा नेकपाका टंक बहादुर खड्का, नेकपा मालेका धनेश्वर गौतम, रेडक्रस सभापति गुमानराज पुलामीले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्राविधिक सहायक ध्वज वहादुर केसीले गरेका थिए । कार्यक्रममा सापडाँडाका युवा अशोक राउत ,इन्जिनियर सन्तोष शर्मा , मुक्ति प्रसाद शर्मा ,लोकराज पोख्रेल, श्रीधर सुवेदी लगायतले आ आफ्ना सुझाव तथा गुनासाहरु राखेका थिए ।
प्यूठान नगरपालिकाद्धारा नगर क्षेत्रको विकासको लागि राम्रा काम नभएका होइनन् र जनताले पनि राम्रा कामको सह्राना नगरेका पनि होइनन् तर सकारात्मक कुरा हुँदा हुदै पनि विजयनगरका जनताले आफ्ना समस्याहरु दर्शाएका मात्र हुन् तर यहाँ त गुनासा गर्नै नहुने , जनप्रतिनिधीले गरेका राम्रा काम मात्रै भन्नु पर्ने हो भने जहाँ तहिँ राम्रो राम्रो मात्रै वोल्ने गुनासै नगर्ने जनतालाई वोलाएर समिक्षा बैठक सम्पन्न गरे भयो किन आम जनता राख्नु पर्यो र ? जनप्रतिनिधीले यो कुरा राम्रो संग वझ्नु पर्दछ की कामको सह्राना आफै होइन जनताले गर्ने हो ।


सम्बन्धित पोस्टहरू

Top