Invalid Conversion Type | Tuesday 20th April 2021

लायन्सक्लवद्धारा स्वर्गद्धारी आश्रमलाई सहयोग


Hamroekata ३ फाल्गुन २०७७

प्यूठान÷लायन्सक्लव अफ मनास्लु नागार्जुनले स्वर्गद्धारी आश्रममा रहेका गाईहरुलाई खुवाउने पराल खरिदका लागि आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
क्लवका पदाधिकारीहरुको एक टोलीले शनिवार स्वर्गद्धारीमा रहेका गाइ तथा बाच्छाहरुलाई पराल खरिद गर्नका लागि ७ हजार ६ सय ७० रुपैया सहयोग गरेको हो ।
लायन्स क्लवअफ मनास्लु नागार्जुनवाट रु ३ हजार ५ सय ५ , क्लवका सचिव सहदेव वस्नेतवाट १हजार ५ ,      LCIF coordinater   चेतनाथ न्यौपानेवाट ५२५,ढुङ्गेधारा बचत तथा ऋण सहकारी संस्था लि.का तर्फवाट ५०५,क्लवका सहसचिव कपिल अंगाईवाट १ हजार २५ र क्लवका प्रथम उपाध्यक्ष रामहरी देवकोटा (तुल्सी प्रसाद देवकोटा÷टिकामाया देवकोटा ) वाट १हजार १ सय ५ गरी जम्मा रकम ७ हजार ६ सय हस्तान्तरण गरिएको क्लवका सचिव शहदेव वस्नेतले बताए ।
क्लवका टोलीले उक्त रकम स्वर्गद्धारी आश्रमका व्यवस्थापनलाई बुझाएका थिए भने आश्रम व्यवस्थापनले टोलीलाई खादाले सम्मान गरेको थियो । रकम हस्तान्तरण गर्दै क्लवका प्रथम उपाध्यक्ष रामहरी देवकोटाले जीर्ण अवस्थामा रहेको स्वर्गद्धारी आश्रमका गाई संरक्षण गर्न सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । क्लवले सामाजिक कार्यक्रम अन्तर्गत विभिन्न सहयोग गरीरहेको तथा आगामि दिनमा पनि यस्ता विभिन्न सहयोग प्रदान गर्ने कार्यक्रम रहेको क्लवका सचिव शहदेव वस्नेतले वताए ।


सम्बन्धित पोस्टहरू

Top