Invalid Conversion Type | Friday 5th June 2020

‘लकडाउन’ जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय


Hamroekata ४ जेष्ठ २०७७

काठमाण्डाै – लकडाउन जेठ २० गतेसम्म लम्बिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।नेपालमा कोरोनाकाे कारण दुई सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेकोले सङ्क्रमण रोक्न लकडाउनलाई निरन्तरता दिनुपर्ने समितिको सुझाव थियो । आइतबार नै बसेको समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो पटक चैत २५ गतेसम्म, फेरि थपेर वैशाख ३ गतेसम्म, त्यसपछि वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ गतेसम्म र पछिलो पटक जेठ ५ गतेसम्म लकडाउन थपिएको थियो ।नेपालमा अहिलेसम्म दुई सय ९५ जनामा सङ्क्रमण पुष्टि भएकाेमा ३६ जना उपचारपछि निकाे भएका छन् ।


सम्बन्धित पोस्टहरू

Top