Invalid Conversion Type | Saturday 19th October 2019

योगेश भट्टराई ः विद्यार्थी आन्दोलनदेखि मन्त्रीसम्म


Hamroekata १५ श्रावण २०७६

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई राजनीतिमा २०३७ सालमा स्कुले विद्यार्थी हुँदै कम्युनिस्ट आन्दोलनमा लागेका थिए । पञ्चायती व्यवस्थाविरुद्ध १४ चैत्र २०३७ मा पहिलोपटक अनेरास्ववियुले गरेको आमहडताल सफल पार्न उनी सक्रिय भए । संगठित हिसाबले उनको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उनी सम्झिन्छन्, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म स्कुल हडताल ग(यौं ।’

उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा विषाक्त दूधका विरुद्धको आन्दोलन, १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिएका थिए ।

छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भए । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा विजयी भए ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रैपटक जेलनेल र यातना भोग्नुप(यो । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसरले उनको राजनीतिक झन खारियो ।

उनले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हालीसकेका छन् । राजनीतिसँगै उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्ररमानवशास्त्रमा स्नातकोत्तरसमेत गरे । २०२३ मा ताप्लेजुङको मैवाखोला गाउँपालिका -३ साँघुमा जन्मिएका भट्टराईको २०५१ सालमा ताप्लेजुङकै ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गरे । २०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो ।

जनआन्दोलनका जुझारु नेता
योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भए । उनको बसाई त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो । त्यसबेला उनको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । त्यो महत्वपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेशलाई दिइएको थियो ।
सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । युवा नेताहरुको पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुुरुवात भयो । नारा तय भयो आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ती पञ्चायतको अन्त्य । आन्दोलन उठान गर्दा गर्दै २०४६ फागुन ६ गते राति २ बजे पक्राउ परेका उनी प्रजातन्त्र आएपछि मात्रै रिहा भए ।

उनी सम्झिन्छन्, ‘प्रजातन्त्र घोषणा भएपछि २६ गते राति हामीलाई पनि जेलबाट छोडियो । चौताराबाट काठमाडौं आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छेहरू रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युुनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सिधै खुलामञ्च गयौं । खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतले बोल्नुुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’

सडकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म
२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष थिए । उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान सम्पन्न भएको थियो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको काठमाडौं–कालापानी मार्चको नेतृत्व उनले गरेका थिए ।

कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो । २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गरे ।

अप्रिल क्रान्तिका कमाण्डर
योगेशले २०६२र६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा ९एमाले० को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे ।
२०३९ देखि तत्कालीन नेकपा ९माले० सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेशले पार्टीको सेल कमिटी, जिल्ला, अञ्चल र केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी समितिहुँदै पदाधिकारी तहसम्मको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका छन् । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा ९एमाले० को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी नवौं महाधिवेशनबाट पार्टीको सचिवमा निर्वाचित भए ।
तेस्रो प्रतिस्पर्धामा सांसदहुँदै मन्त्रीको यात्रा
तेस्रो चुनावी प्रतिस्पर्धामा सांसद निर्बाचित भएका भट्टराई संसदमा प्रभावकारी उपस्थिति जनाउँदै संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री निर्बाचित भएका छन् ।
२०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं (६ र २०७० को दोस्रो चुनावमा क्षेत्र ५ बाट उम्मेद्वार बनेका उनी थोरै मतान्तरमा पराजित भएका थिए । पछिल्लो पटक २०७४ सालको संसदीय निर्वाचनमा गृह जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भए । भट्टराईको चुनावी प्रचारमा ताप्लेजुङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई जिताएर पठाउन ताप्लेजुङबासीलाई आग्रह गर्दै मन्त्री बनाउने जिम्मा लिएको घोषणा गरेका थिए । तर, सरकार गठनलगत्तै भट्टराईलाई मन्त्री नबनाइएपछि प्रधानमन्त्री ओली वचनमा पक्का नभएको भन्दै आलोचना भए पनि अन्तत चुनावी प्रचारको बाचा पूरा गर्दै योगेश भट्टराईलाई मन्त्री नियुक्त गरेका छन् ।
श्रोत ः नयाँ पत्रिका


सम्बन्धित पोस्टहरू

Top