Invalid Conversion Type | Tuesday 2nd March 2021

यूवराज ज्ञवालीले भने “कम्युनिष्ट पार्टीको नेता चिन्न नसक्दा व्यवस्था नै धरापमा पर्यो”


Hamroekata १३ पुष २०७७
 शशिधर भण्डारी(समृद्ध) प्यूठान, नेकपा एमालेको महाधिवेशनबाट गलत नेता छनौट गरिएका कारण नेकपाले गम्भिर धक्का खाएको नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले बताए ।
एमाले पार्टीको गठन, ओलीको प्रवृत्ति र नेकपासम्म आइ पूग्दाका दिनहरु सम्झदै ज्ञवालीले इतिहासमै सबै भन्दा गल्ती कम्युनिष्ट पार्टीको नेता छनौटमा कमजोरी हुँदा व्यवस्था नै धरापमा परेको औल्याए ।
नेकपाले कारबाही गरेका निर्बतमान अध्यक्ष तथा प्रधानमन्त्री ओली गणतन्त्रको पक्षधर नरहेको भएपनि गणतन्त्र नेपालको संस्थागत गर्न जिम्मा दिनुनै मुख्य समस्या भएको उनको तर्क थियो । आइतबार प्यूठान विजुवारमा भएको नेकपाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले व्यवहार गणतन्त्र विरोधी र बाहिर पक्षधरताको भ्रम फैलाइएपनि अन्ततः ओली गणतन्त्र विरोधी सावित भइसकेको ज्ञवालीले बताएका हुन् । “कम्युनिष्ट पार्टीले कम्युनिष्ट प्रवृत्ति नभएको अध्यक्ष छनौट गल्ति भएको हो” ज्ञवालीले भने “गलत नेताले आज व्यवस्था नै धराप पार्दै कम्युनिष्ट आन्दोलनको वेइज्जत गरेका छन् ।”
शाही दिशामा ओली ः पूर्व सभामुख महरा
त्यसै गरी अर्का स्थायी समिति सदस्य तथा पूर्व सभामुख कृष्ण बहादुर महराले ओलीले गणतन्त्र माथी कू गरी शाही ओलीतन्त्र चलाउन खोजेको बताए । साथै उनले संसद पूनःस्थापना हुने र प्रचण्ड माधव नेपालको पार्टीले नै निर्वाचन आयोगवाट आधिकारीकता पाउने प्रष्ट पारे । भेलामा नेकपाका केन्द्रीय सदस्य रेखा शर्मा, कृष्णध्वज खड्का, भोजविक्रम बुढामगर र प्रदेश समितिका नारायण प्रसाद अधिकारी, धन बहादुर रायमाझीले असंबैधानिक कदमको बिरुद्ध एक जुट हुन अपिल गरेका थिए ।
Seen by Shashidhar at 2020 अगस्ट 22 17:05
Aa

सम्बन्धित पोस्टहरू

Top