Invalid Conversion Type | Saturday 15th August 2020

मुख्यमन्त्री कार्यक्रम मार्फत घर निर्माण


Hamroekata १८ असार २०७७

प्युठान, १८ असार ।मल्लरानी गाउँपालिका वडा नं ४ भन्ज्याङकी सुजता शाही १५ वर्ष पुगिन् । गत ०७५ सालमा बुवाको मुत्यु भयो । बुबाको मृत्यु भएपछि ०७६ मा आफुलाई जन्म दिएकी आमा समेत अर्कोसंग पोईल गईन् । सुजता, उनकी १६ वर्षिय दिदी सिर्जना र १२ वर्षिय बहिनी अस्मिता शाही एक्लै बन्न प¥यो । उनीहरु बुवा आमा बस्दै आएको झुपडीमै बसे । तीन बहिनी त्रिपालले छाएको र बासले बारेमा घरमा बस्दै आएको सुजताले बताईन् । आर्थिक अवस्था कमजोर भएकाले घर मर्मत गर्न समेत नसकेको यो परिवारको सारथी मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम बनेको छ ।
कार्यक्रम मार्फत सुजताको घर निर्माण भएको छ । ब्लकले दुई कोठ घर निर्माण गरिएको हो । कार्यक्रम मार्फत ६० हजार रुपिँया आर्थिक सहयोग भएको कार्यक्रमका सहजकर्ता हरि भण्डारीले बताए । घर निर्माणमा ठूलीआमा तुल्सी केसीले २० हजार रुपिँया सहयोग गरेको सुजताले बताईन् । ५ दिनमा पुरानो छाप्रो भत्काएर माईलो अंकल प्रदिप शाहीको सहायतामा घर निर्माण भएको उनले बताईन् । पहिले छाप्रोबाट पानी चुहिन्थ्यो, बस्नलाई अफ्ठेरो हुन्थ्यो ,सुजताले भन्नि,–‘ घर निर्माण पछि यो समस्या समाधान भएको छ ।’ घर निर्माणमा सहयोग गरेकोमा उनले खुसी व्यक्त गरिन् । साथै घर निर्माण पश्चात शौचालय समेत निर्माणका लागि उनको परिवारले माग गरेको छ ।
मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाडाकी काली साक्रीको पनि अवस्था उस्तै हो । आर्थिक अवस्था कमजोर भएकी उनि लामो समयसम्म जीर्ण घरमा बसिन् । नयाँ घर बनाउन नसक्दा बर्षातको समयसंगै पानी पर्दा चुईने समस्या भएको उनि सुनाउछिन् । उनको पनि नयाँ घर निर्माणमा कार्यक्रमले सहयोग गरेको हो । मल्लरानी गाउँपालिकाको जस्तापाता र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम मार्फत ६० हजार आर्थिक सहयोगमा कालीको घर पुननिर्माण गरिएको हो । घर निर्माण गरिदिएको खुसी हुदैँ अब पानी पर्दा पनि ढुक्कसंग सुत्न पाईने उनले प्रतिक्रिया जनाईन् ।
मल्लरानी गाउँपालिका वडा नं २ चुजाँ कफ्लेरीका टिके कामीको पनि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम मार्फत घर पुननिर्माण गरिएको छ । लामो समयदेखि खरले छाएको झुपुडोमा बस्दै आएका कामी परिवार आर्थिक अवस्था कमजोर भएकै कारण नयाँ घर निर्माण गर्न सकेका थिएनन् । हाल कार्यक्रम मार्फत ६० हजार, पालिकामार्फत जस्तापाता र आफ्नो केहि आर्थिक लगानीमा नयाँ घर निर्माण गरेको कामीले बताए ।
सुजता शाही, काली साक्री, टिके कामी संगै मल्लरानी गाउँपालिकाका ५ वडा भित्र आर्थिक अवस्था कमजोर भई असुरक्षित बसोबास गर्दै आएका गरिब तथा विपन्न घरपरिवारका लागि म्ुाख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत चालु आव ०७६÷ ०७७ मा नयाँ र मर्मत गरी १९ वटा घर निर्माण गरिएको छ । कार्यक्रम मार्फत १० वटा नयाँ घर निर्माण गरिएको छ भने ९ वटा घर मर्मत गरिएको कार्यक्रम सहजकर्ता भण्डारीले बताए । नयाँ घर निर्माणका लागि ९ वटा घरका लागि ६० हजार रुपिँया र १ वटा घरका लागि ५० हजार रुपिँया सहयोग गरिएको छ भने घर मर्मतका लागि प्रतिघर १५ देखि २५ हजार रुपिँया सहयोग गरिएको उनले बताए । जसका लागि कार्यक्रम मार्फत ७ लाख रुपिँया विनियोजन गरिएको थियो ।
शनिवार मल्लरानी गाउँपालिका भित्र निर्माण गरिएका घरहरुको अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष शरिता जिसी, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिका सदस्यहरु बलबहादुर खत्री र निर्मला पौडेल उपस्थितीमा निर्माण गरिएका घरहरुको अनुगमन गरिएको हो । लामो समयदेखि आर्थिक अवस्थाले गर्दा नयाँ घर निर्माण गर्न नसकेका र घर मर्मत समेत गर्न नसकेका व्यक्तिहरुको परिवारका लागि सहयोग पुग्ने उदेश्यले यस कार्यक्रम मार्फत सम्बोधन गरिएको उपाध्यक्ष जिसीले बताए । कार्यक्रम मार्फत मल्लरानी गाउँपालिकाभित्र तरकारी खेतिका लागि विभिन्न ठाउँमा टनेल निर्माण,प्राथमिक स्वास्थ्य केन्द्र खंलगा र धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा स्तनपान कक्ष निर्माण, वडा २ चुजाँमा सिँचाई कुलो निर्माण, वडा नं ५ मा बालविकास केन्द्र निर्माण लगायतका कामहरु गरिएको सहजकर्ता भण्डारीले बताए ।


सम्बन्धित पोस्टहरू

Top