Invalid Conversion Type | Friday 5th June 2020

माण्डवी गाउँपालिकाको निर्णय ः मजदुर परिवारलाई खाद्यान्न


Hamroekata १४ चैत्र २०७६

प्युठान,१४ चैत ।
माण्डवी गाउँपालिका प्यूठानले १ सय २५ मजदुर परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । आज बसेको कार्यपालिका आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री दिने निर्णय भएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुृभयो । ‘लकडाउनका कारण काममा जान नसक्ने परिवार छनौट गरी उपलब्ध गराउनेछौं ।’ ,उहाँले भन्नुभयो, ‘प्रत्येक वडामा २५÷२५ परिवारका लागि चामल, दाल, नुन, तेल दिइनेछ ।’ यस्ता परिवारको तत्काल सुचि तयार गर्न निर्देशन गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।

विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरणका लागि प्यूठान उद्योग बाणिज्य संघ माण्डवी बजार इलाका र स्थानीय योगी पेट्रोल पम्पका संचालन दामोदर योगीले ३०÷३० हजार बरावर सहयोग गर्ने भएका छन् ।

विपद्को यस अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले सूचनामा सहज पहुँचका लागि टोल प्रि नम्वर जडान गर्ने निर्णय समेत गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो ।

गाउँपालिकाले होटल व्यवसायी संघ माण्डवी इलाकाको सहकार्यमा देविस्थान स्थित सभाहलमा थप १० बेडको क्वारेन्टाईन निर्माण गरेको छ । यसअघि भवानिश्वरी आधारभुत विद्यालयमा १० बेडको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो ।

गाउँपालिकाले विदेशबाट आउनेहरुको तथ्यांक संकलन गरेको छ । नामावली सहित ६ सय ४९ जना व्यक्ति गाउँपालिकामा आएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो । प्युठान समाचार डटकमबाट साभार, 


सम्बन्धित पोस्टहरू

Top