Invalid Conversion Type | Saturday 15th August 2020

महिलाको नाममा घरजग्गा स्वामित्व बढ्दै


Hamroekata २८ असार २०७७

प्युठान, २८ असार ।
मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६÷०७७ को फागुन मसान्त सम्ममा ५ सय ५० जना महिलाले आफनो नाममा जग्गा पास गराएका छन् । यस अवधीमा जम्मा १ हजार ५ सय १४ जना व्यक्तिले जग्गा पास गराउँदा ५ सय ५० महिला र दलित ६० जनाले आफनो नाममा जग्गा पास गराएका हुन् । फागुन मसान्त सम्ममा १ हजार ५ सय १४ जग्गा पास, र धितो ७ सय ६२ गरेर जम्मा २ हजार २ सय ७६ बाट १ करोड ४२ लाख ३६ हजार १ सय १४ रुपिँया राजश्व संकलन भएको मालपोत कार्यालय प्युठानका कार्यालय प्रमुख भोजबहादुर भण्डारीले बताए । महिला र दलितको हकमा २२ लाख ८० हजार ४ सय ८ रुपिँया रकम राजश्वमा छुट भएको उनले बताए । ३५ लाख ३६ हजार २ सय भने लाभकर संकलन भएको उनले बताए ।
कोरोना संक्रमणको समयमा सरकारले थालेको बन्दाबन्दी हुनुपूर्व चैत १ देखी १० गतेसम्म रजिष्टेसन राजीनामा ४९ र धितो १९ गरी ६८ वटा भएको कार्यालय प्रमुख भण्डारीले बताए । यस अवधिमा महिला र दलित गरी २३ जनाले राजश्वमा छुट पाएको उहाँको भनाई छ । यस अवधीमा ४ लाख २० हजार ९ सय ८९ रुपिँया राजश्व संकलन भएको छ । महिला र दलितको हकमा ९९ हजार २ सय ३६ रुपिँया राजश्वमा छुट भएको छ भने तीन लाख ४८ हजार ६ सय २६ रुपिँया लाभकर संकलन भएको छ ।

रकारले बन्दाबन्दी खुकुलो बनाएसँगै असार १ गतेबाट मालपोत कार्यालय सञ्चालनमा आएको छ । १८ दिनको अवधिमा २१ जना महिला र दलितले आफनो नाममा घर जग्गा पास गराएका छन् । रजिष्टेसन राजीनामा ३६ र धितो ४२ वटा गरी ७८ वटा कामबाट ५ लाख ३२ हजार ४ सय ९१ रुपिँया राजश्व संकलन भएको छ भने १ लाख १२ हजार १९ रुपिँया महिला र दलितको हकमा राजश्व छुट भएको हो । १ लाख ५० हजार ६ सय ७० रुपिँया लाभकर संकलन भएको कार्यालय प्रमुख भण्डारीले बताए । बन्दाबन्दीको समयमा कोरोनको त्रासले गर्दा खासै सेवाग्राही नआएको उनले बताए । यो अवधिमा बैंकको धितोको काममा सेवाग्राही बढी आएको उनको भनाई छ ।
पछिल्लो समय महिलाहरु पनि सचेत एवं चनाखो बन्दै जादाँ र आफनो अधिकारको खोजि गर्ने क्रममा आफनो नाममा सम्पती स्वामित्व गराउनेको सङख्या बढ्दै जान थालेको हो । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ । महिलालाई घरजग्गा रजिस्ट्रेसन पास गर्दा २५ प्रतिशतसम्म छुट दिने र दलितले त्यो संगै अन्य कागजपत्र जुटाएमा अरु थप छुट समेत पाउने कार्यालय प्रमुख भण्डारीले बताए ।
गत आर्थिक वर्ष ०७५÷०७६ मा नौ सय २२ महिला, दलित महिलाको हकमा दुई सय ५८, अपागंता भएका महिला तीन र वृद्ध महिला दुई जनाले आफनो नाममा घर घग्गा नामसारी गराएका थिए । जसबाट दुई करोड ८५ लाख ४२ हजार आठ सय ३९ रुपैँया ५० पैशा राजश्व संकलन भएको मालपोत कार्यालय प्युठानले जनाएको छ । महिलाको हक कायम गराउन सरकारी दस्तुरमा छुट दिने व्यवस्थाले महिलाका नाममा जग्गा पास गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । यसअघि जिल्लामा महिलाा नाममा जग्गा पास गराउनेको संख्या न्यून रहेको थियो । पुरुष बैदेशिक रोजगारीमा जाने र विदेशबाट कमाएर पठाएको पैसाले महिलाले आफ्नो नाममा घर घडेरी किन्ने क्रम समेत बढेका देखीन्छ । घर घडेरीको किनबेच नामसारी वा बकसपत्र र धितो पास महिलाको नाममा हुने क्रम बढेको कार्यालयले जनाएको छ ।


सम्बन्धित पोस्टहरू

Top