Invalid Conversion Type | Tuesday 19th November 2019

महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै


Hamroekata १९ कार्तिक २०७६

सागर रिजाल
प्युठान,१९ कार्तिक ।
मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६÷०७७ मा एक सय ७१ जना महिलाले आफनो नाममा जग्गा पास गराएका छन् । जसबाट पाँच लाख ८६ हजार ७८ राजश्वमा छुट भएको छ । यसैगरी दलित महिला हकमा एक लाख ३७ हजार ० दशमलव ७५ छुट भएको हो । पछिल्लो समय महिलाहरु पनि सचेत एवं चनाखो बन्दै जादाँ र आफनो अधिकारको खोजि गर्ने क्रममा आफनो नाममा सम्पति पास गराउँनेको सङख्या बढ्दै जान थालेको हो ।
सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ । यी व्यक्तिलाई घरजग्गा रजिस्ट्रेसन पास गर्दा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजस्वमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।
यससँगै प्युठान जिल्लामा ०७६÷ ०७७ को तथ्याङ्क हेर्दा महिलाका नाममा रजिस्ट्रेसन पास गर्नेको संख्यामा बढ्दै जान थालेको जिल्ला मालपोत कार्यालय प्युठानका सुचना अधिकारी बसन्त पण्डितले जानकारी दिए । राजस्व छुट पाउने भएपछि वर्षेनी महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि हुँदै गएको उनी बताउछन् ।
पुरुष भन्दा महिला वढी
चालु आर्थिक वर्षको साउन देखि अहिलेसम्मको तथ्याङ्क अनुसार जिल्ला मालपोत कार्यालय प्युठानमा जम्मा तीन सय १२ घरजग्गा पास भएका थिए । जसमा एक सय ७१ जना जना आफ्नो नाममा जग्गा पास गर्ने महिलाको सङख्या रहेको छ भने एक सय ४१ जना पुरुषको सङख्या रहेको छ । पहिलेको तुलनामा भन्दा अहिले दिनप्रतिदिन महिलाले आफ्नो नाममा घरजग्गा पास गराउनेको सङख्या बढ्दै जान थालेको सुचना अधिकारी पण्डीतले बताए ।
राजश्व छुटले बढे महिला
राजस्व छुटले गर्दा ग्रामीण क्षेत्रका महिलाहरुमा घरजग्गाको स्वामित्व बढाएको छ । यसैगरी अपाङ्ग, दलित र जेष्ठ नागरिकको हकमा पनि छुटको व्यवस्था गरिएको जिल्ला मालपोत कार्यालय प्युठानले जनाएको छ । गत आर्थिक वष ०७५÷०७६ मा नौ सय २२ महिला, दलित महिलाको हकमा दुई सय ५८, अपागंता भएका महिला तीन र वृद्ध महिला दुई जनाले आफनो नाममा घर घग्गा नामसारी गराएका थिए । जसबाट दुई करोड ८५ लाख ४२ हजार आठ सय ३९ रुपैँया ५० पैशा राजश्व संकलन भएको सुचना अधिकारी पण्डीतले जानकारी दिए ।
महिलाको हक कायम गराउन सरकारी दस्तुरमा छुट दिने ब्यबस्थाले महिलाका नाममा जग्गा पास गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । यसअघि जिल्लामा महिलाका नाममा जग्गा पास गराउनेको संख्या न्यून रहेको थियो । पुरुष बैदेशिक रोजगारीमा जाने र बिदेशबाट कमाएर पठाएको पैसाले महिलाले आफ्नो नाममा घर घडेरी किन्ने क्रम समेत बढेका देखीन्छ । घर घडेरीको किनबेच नामसारी वा बकसपत्र र धितो पास महिलाको नाममा हुने क्रम बढेको कार्यालयका सुचना अधिकारी पण्डीतले बताए ।


सम्बन्धित पोस्टहरू

Top