Invalid Conversion Type | Saturday 15th August 2020

महामारीमा सहकारी सेवा निरन्तरता सम्वन्धि फूलवारीको भर्चुअल अन्तरक्रिया


Hamroekata ११ असार २०७७

११ असार,प्यूठान ।
कोरोना महामारीको समयमा सहकारीका सदस्यहरुलाई प्रवाह गर्ने सेवालाई निरन्तरता दिन फूलवारी बचत तथा ऋण सहकारी संस्था खैरा प्यूठानले आज एक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा ZOOM application   मार्फत सो अभौतिकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का कार्यक्रम अधिकृत कोमल राज अधिकारीले महामारीको समयमा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई प्रदान गर्नु पर्ने सेवा, सुरक्षा सतर्कता ,कर्मचारी व्यवस्थापन , व्यवसाय निरन्तरता योजना लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका व्यवस्थापक प्रकाश बैद्यले महामारी समयमा संस्थाले सदस्यलाई प्रदान गरेको सेवा तथा वित्तिय अवस्थाको जानकारी प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संस्थाका संस्थापक अध्यक्ष लोक वहादुर बस्नेतले सदस्यको सेवाका लागि हरपल कार्यक्रम सञ्चालन गरिरहेको फुलवारी वचत तथा ऋण सहकारी संस्थाले अव कोरोनाको कहरवाट पिडित भएका सदस्यहरुको आर्थिक उन्नयनका लागि कार्यक्रम ल्याउनु पर्ने तथा नेफ्स्कुनले सहकारीका सदस्यहरुको आर्थिक सम्वृद्धिका लागि विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो । संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले नेफ्स्कुनको मार्गदर्शन अनुसार निरन्तर अघि बढेको फूलवारी वचत तथा ऋण सहकारी संस्थाले महामारीको समयमा नेफ्स्कुनद्धारा जारी निर्देशन पूर्ण रुपमा पालना गरी सदस्यको सेवामा केन्द्रित रहेको र आगामि दिनमा पनि नेफ्स्कुनकै मार्गदर्शन अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । संस्थाका सञ्चालक समिति,लेखा समिति ,कर्मचारी तथा संस्थापक अध्यक्ष समेतको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन फूलवारी साकोसका सचिव निर्मला पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा महामारीमा सहकारी सेवा निरन्तरता सम्वन्धि सहभागिहरु विच दोहोरो अन्तरक्रिया भएको थियो ।


सम्बन्धित पोस्टहरू

Top