Invalid Conversion Type | Friday 5th June 2020

भालुवाङ्ग प्युठान सिमानामा लापरवाही, कोरोना जोखीम बढ्दो


Hamroekata १६ चैत्र २०७६

प्यार अलि खान
प्युठान, १६ चैत ।
भालुवाङ्ग प्युठान सिमानाकाबाट दिनप्रतिदिन जिल्ला भित्रिनेको संख्या बढ्दा कोरोनाको जोखिम बढेकोमा प्युठानीहरुले चिन्ता व्यक्त गरेका छन् । दाङ, रोल्पा, गुल्मी, अर्घाखाची जिल्लाबाट र भारतबाट समेत जिल्ला भित्रिनेको संख्या बढीरहेको छ । लकडाउन भएपछि भारतबाट मात्रै करिब तीन सय जना प्युठान भित्रिएको सरुमारानि गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर दुई का वडा अध्यक्ष वसन्त बहादुर जिसीले बताउनुभयो ।
नेपाल भरका करिब १७ सय जनाले जिल्ला प्रवेश गरेका छन् ,जिसीले भन्नुभयो,–‘ शनिवार मात्रै भारतबाट २५ जना प्युठान आएका छन्। ’ सिमानाको ददेरी हेल्थडेक्स हटाईएकोमा वडा अध्यक्ष जिसीले आपत्ति प्रकट गर्नुभएको छ । सिमानामा कस्ले निगरानी गर्ने,जिसीले भन्नुभयो,–‘ सुरक्षा र स्वास्थ्यकर्मी सहितको चेकजाँच जिल्लाको लागि नै अनिवार्य हो ।’ जिल्ला विपद व्यवस्थापन समितिको काम कावार्हि प्रति गाउँपालिका सन्तुष्ट हुन नसकेको प्रवक्ता जिसीले बताउनुभयो । चामल वितराण र क्वारेन्टाईन निमार्ण भन्दा पनि सिमानामा कडाई अहिलेको प्रमुख आवश्यकता भएको उहाँको बुझाई छ । प्युठान भित्रिरहेको तथ्याङ्क र संकास्पदवाला हरुलाई सम्बन्धीत स्थानीय सरकार कै जिम्मा लगाउन पनि हेल्थ तथा सुरक्षा जाँच पोष्टरको अनिवार्य आवश्यकता भएको सरुमारानी गाउँपालिकाले जनाएको छ ।
उता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले स्थानीय सरकारहरुले नै जोखिम न्युनिकरण गर्न सबै प्रकारका उपायहरु एवं व्यवसथापकीय पक्षहरु चुस्तदुरुस्त पार्न संघिय सरकारबाट सर्कुलर भएको बताउनुभयो । नागरिक समाजका अगुवाहरु भने जिल्ला विपद् व्यवस्थापन एवं प्रशासनको काम कावार्ही भूमिका प्रति टिका टिप्पणी गर्न थालेका छन् । संघीय सरकारको प्रतिनिधि प्रमुख जिल्ला भएकाले जिल्लाको विपद व्यवस्थापनमा सबै भन्दा बढी चनाखो र सक्रिय प्रमुख जिल्ला अधिकारी नै हुनुपर्ने नेपाल बार एशोसियसन नेपालका केन्द्रिय सदस्य डा.शिवराज पण्डितले बताउनुभयो ।
सिमानामा कुनैपनि प्रकारको सयंन्त्र नराख्नु प्रशासनको लापरवार्ही हो ,पण्डितले भन्नुभयो,–‘सबै जिम्मेवारी स्थानीय सरकारलाई थुपार्नु गैर जिम्मेवार पनि हो।’
नेपाल पत्रकार महासंघ प्युठान शाखाका सचिव विजयसिहं भारतीले लकडाउनको पूर्ण पालना एवं सुरक्षा सर्तकता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । त्यस्तै भारतबाट आउने जोकोहीलाई सिधै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्छ, नागरिक सरोकार समाजका संयोजक सुमन सुबेदीले भन्नुभयो,–‘सीमानाका निर्बाधरुपमा खुल्ला राख्नु जोखिम बढाउनु हो।’ सुरक्षाकर्मी सहितको हेल्थ डेक्सलाई पुनः सुचारु गर्ने तर्फ प्रशासनको ध्यान जान जरुरी रहेको सुबेदीले बताउनु भयो ।
राहत बाढ्ने भन्दै प्युठानका स्थानीय सरकारहरु विभिन्न कार्यक्रमहरु बनाउदै छन् । र उनिहरुले आ– आफनो स्थानीय तहमा क्वारेनटाईन समेत निमार्ण गरिरहेका छन् । जिल्लामा विभिन्न नाकाहरुलाई कसरी व्यवस्थीत गर्नेवारे स्थानीय सरकारको ध्यान नगएकोमा भने नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।


सम्बन्धित पोस्टहरू

Top