Invalid Conversion Type | Thursday 23rd January 2020

बसले ठक्कर दिदाँ भारतीय यूवाको मृत्यु


Hamroekata २५ पुष २०७६

प्युठान,२५ पुस ।
स्वर्गद्वारी नगरपालिका – २ बाईनेटामा बसले ठक्कर दिदाँ एक भारतीय यूवाको मृत्यु भएको छ । स्वर्गद्धारीबाट दाङ तर्फ जान लागेको ना३ ख ५५५९ नम्बरको बसले ठक्कर दिदा भारत यु.पी. जिल्ला सराबस्तीमा बस्ने अन्दाजी २६ वर्षिय गुरु प्रसाद यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।
सोहि बसले ठक्कर दिदा उक्त ठाउँका २३ वर्षिय नथुराम यादवको बाँया खुट्टा भाँचिएको छ । घाइएते यादवलाई थप उपचारको लागी दाङ तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गरी फर्कने क्रममा ओरालो बाटो भएको कारण गाडीबाट झरे। पैदल हिडने क्रममा उक्त घट्नना घटेको हो । गाडी र चालक अस्थायी प्रहरी पोष्ट स्वर्गद्धारी खालको नियन्त्रणमा राखिएको छ ।


सम्बन्धित पोस्टहरू

Top