Invalid Conversion Type | Wednesday 21st October 2020

बढ्दो शहरीकरणले कृषि जमिनको खण्डीकरण हुदै जानु यहाँको मुख्य चुनौति छ ।


Hamroekata २५ आश्विन २०७७

प्य्रूठानमा मुख्यतः धानबालीका क्षेत्रमा नबिनतम प्रबिधिको प्रयोग तथा स्रोतसाधनको उपलब्धता गरी उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने मूल ध्ययेका साथ आव ०७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण धान जोन परियोजना संचालनमा छ । कृषकहरुको खेती कार्यमा लाग्ने लागत घटाई उत्पादनमा बृद्धि गर्नका लागि कृषि यान्त्रिकीकरणले हाल सम्म खेलेको भूमिका, जिल्लामा कृषिका बिशेषता र समस्या एवम चुनौतिको सेरोफेरोमा केन्द्रित रही भर्खरै कार्यालय प्रमुखको जिम्वेवारी सम्हाल्नु भएका पौडेल संग हाम्रो एकता सहकर्मी टीकाराम पोख्रेलले लिनु भएको अन्र्तवार्ताको सार संक्षेप ।
१) प्यूठान जिल्ला भर्खर आउनुभएको छ । यहाँ आउँदा कस्तो लाग्यो ?
प्यूठान जिल्ला प्रथम पटक आउँदा असाध्य रमाईलो लागेको छ । जव दाङ्ग जिल्लाको भालुवाङ्ग हुदै प्यूठानतिर लाग्दा मनमोहक प्राकृतिक दृष्यहरु हेर्दै सदरमुकाम खलंगा आउँदा यँहाको चिसो हावापानी र पूरानो ऐतिहासिक बजार तथा खलंगाबाट देखिने क्वाडी, जुम्री, विजुवार हुदै बागदुला सम्मको रमणिय फाँटले झन रमाईलो बनाएको पाएको छु । यसै गरि जिल्ला स्थित राजनीतिक पाटीका प्रमुख ज्यूहरु, जिल्ला स्थित कार्यालय प्रमुख ज्यूहरु एवं अन्य कर्मचारी साथीहरु, पत्रकार ज्यूहरु, समाजसेवी लगायत विभिन्न कृषक समुह÷कृषि सहकारीमा आवद्ध अगुवा कृषकहरुमाझ भेट हुँदा अझ रमाईलोको अनूभुती भईरहेको छ ।
२) तपाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा, प्यूठानको कार्यालय प्रमुखको रुपमा रहनुभएको छ ? के गर्दै छ परियोजनाले ?
यस परियोजना कार्यान्वयन इकाईको प्रमुखको रुपमा जिल्लामा आई सके पछि यस परियोजना कार्यान्वयन इकाईको कार्य क्षेत्रमा विगत आ.व.. २०७३÷०७४ देखि २०७६÷०७७ सम्म परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र धानबालीको उत्पादनमा बृद्धि, व्यवसायीकरण, यान्त्रिकारण लगायत बजारिकरणमा भएका कार्यक्रमहरुको बारेमा जानकारी लिने काम गरिरहेको छु । जसमा परियोजनालाई अघि बढाउन सहयोगी भूमिकामा रहेको जोन संचालन समितिका पदाधिकारीज्यूहरुबाट एवं यस परियोजनामा सूचिकृत हुनुभएका कृषक समुह÷कृषि सहकारीका पदाधिकारीसमेत यँहाको धान बालीको उत्पादनको अवस्था तथा यस आ.व.मा गर्नुपर्ने कार्यक्रमहरुको बारेमा समेत छलफल अघि बढाउने सोच रहेकोछ ।
३) के के छन् चालु आ.व.का प्राथमिक कार्यक्रमहरु ?
यँहाले महत्वपूर्ण प्रश्न गर्नुभयो यसको लागि यँहालाई धन्यवाद दिन चाहान्छु । मुख्य गरि चालु आ.व.को प्राथमिक कार्यक्रममा १०० हेक्टरमा चैते धानबालीको क्षेत्र विस्तार र कम्तिमा ७ देखि १० हेक्टरमा चक्लावन्दीमा एकल बाली खेती गर्ने कार्यक्रम रहेको छ । हालको अवस्थमा बढ्दो शहरीकारण तथा कृषकहरुको रुचीको अवस्था हेर्दा विगत ५–७ बर्ष अघि हुदै आएको चैते धानखेतीलाई हाल गहुँ बालीले प्रतिस्थापन गरि चैते धानबालीको खेती गर्न कृषकहरुले छोडि रहनुभएको अवस्थामा १०० हेक्टरमा चैतेधान बालीको क्षेत्र विस्तार गर्न चुनौति पूर्ण रहेको तर कार्यालयको अथक प्रयासबाट कृषक समुदायमा सहजिकरण गरि चक्लावन्दीको माद्ययमबाट समेत कृषकहरुलाई अभिप्रेरित गराई चैते धानबालीको विस्तार गर्न लागि रहेका छौ । यसको साथै समुह÷सहकारीको माद्ययमबाट सामुहिक भावनाबाट चक्लावन्दीमा खेती गर्न अभ्यस्त नभई सकेको अवस्थामा चालु आ.व.मा यस कार्यक्रम भएको हुँदा चक्लावन्दी कार्यक्रम संचालन गर्न चुनौती पूर्ण रहेको छ । तर पनि यस कार्यक्रमलाई परियोजनाको कार्य क्षेत्र भित्र मात्र सिमित नराखी जिल्लाभर रहनु भएक कृषक समुह÷कृषि सहकारीको प्रतिवद्धताका साथ नगदे बाली ( चैत्रेधान, बसन्ते मकै तरकारी आदि बाली ) मा कम्तीमा ७–१० हेक्टरमा खती गर्ने प्रतिवद्धता सहित प्रस्ताव पेश भएमा जिल्लाको ८ ठाँउमा चक्लावन्दीमा खेती गर्न सकिने कार्यक्रम रहेको जानकारी गराउँदछु । यसका साथै कृषकको खेतीमा लाग्ने लागत घटाउन यान्त्रीकरणमा सहयोग पु¥याउने कार्यक्रम, साना सिँचाई निर्माण तथा मर्मत सम्भार, प्रशोधन उद्योग स्थापना, बीउको श्रोत केन्द्र स्थापना लगायत कफिको क्षेत्र विस्तार जस्ता कार्यक्रमहरु चालु आा.व.का कार्यक्रमहरु रहेको व्यहोरा जानकारी गराउदछु ।
४) सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा लिएको छ । कृषिमा थप लगानी विना समृद्ध जनता बन्न सम्भव छ त ?
वास्तवमा नेपालमा करिव ६५ प्रतिशत जनसंख्ण कृषिमा आश्रित रहेको र करिव एक तिहाई राष्ट्रिय आम्दानी कृषि क्षेत्रले ओगटेको परिप्रेक्ष्यमा सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा पुरा गर्नको अवश्य पनि कृषिमा थप लगानी हुनुपर्ने आवश्यक देखिन्छ । नेपाल सरकारले तिनै तहका सरकारमार्फत कृषिमा लगानी गरेको देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सन्दर्भमा यस परियोजनाका चार वटा संभागहरु पकेट, व्लक, जोन र सुपर जोन अन्तरगत पकेटका कार्यक्रम स्थानिय तह मार्फत संचालनमा छन् भने व्लकका कृषि विकास कार्यक्रमहरु प्रदेश सरकार अन्तरगत जिल्ला स्थित कृषिसँग सम्वन्धित कार्यालयहरुबाट संचालन भईरहेका छन् भने जोन र सुपर जोनका कार्यक्रमहरु परियोजना कार्यान्वयन इकाईहरु मार्फत संघीय सरकारको मातहतमा रहि परियोजना व्यवस्थापन इकाईको समन्वय र निर्देशनमा संचालनमा रहेको व्यहोरा जानकारी गराउँदछु । सिमित श्रोत साधनका वावजुद आपसी समन्वयबाट लक्षित समुह पहिचान गरि कार्यक्रम संचालन गर्न सकेको खण्डमा नेपाल सरकारले लिएको लक्ष्य सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा पुरा गर्नमा सहयोगी भूमिकामा रहन सक्दछ भन्ने अपेक्षा गर्दछु ।
५) कृषिमा नयाँ प्रविधिको विकास र यान्त्रिकरणको आवश्यकता देखिन्छ । के के छन् आगामी योजनाहरु ?
यस परियोजना कार्यान्वयन इकाईको सन्दर्भमा कुरा गर्दा नइाँ प्रविधि र यान्त्रिकरणमा सहयोग पु¥याउन केहि कार्यक्रमहरु रहेको व्यहोरा जानकारी गराउँदछु । नँया प्रविधिको सिकाईको सन्दर्भमा चालु आ.व.को कार्यक्रममा खासै उन्नत प्रविधि प्रदर्शनका कार्यक्रमहरु नभएको र नेपालमा उन्मोचित भएका हाईब्रिड जातको धानबालीको प्रविधि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने पछिल्लो समयमा उन्मोचित चैते धानबालीको प्रयोग गरि चैते धानबालीको क्षेत्रफल विस्तार, चक्लावन्दीको माद्ययमबाट नविनतम् बालीका जातहरु प्रयोग गरि खेती गर्ने कार्यक्रमहरु रहेको छ । यसै गरि कृषकहरुको खेती खर्चको लागत घटाई उत्पादनमा बृद्धि गर्नको लागि कृषि यान्त्रीकरणको महत्वपूर्ण पाटो रहेको छ । चालु आ.व.को कार्यक्रममा साना औजार उपकरणमा सहयोग गर्ने कार्यक्रम रहेको छ । तर कृषकको माग र आवश्यकताको आधारमा सिमित श्रोत साधन तथा बजेटबाट यान्त्रिकरणमा सहयोग गर्ने कार्यक्रम रहेको छ ।
६) प्यूठानमा किसानका मुख्य समस्याहरु के के देख्नु भो ?
यस परियोजनाको कार्य क्षेत्र लगभग पक्की तथा कच्ची सडकले जोडिएको, विद्युतीकरण भएको तथा सिँचाईको पनि धेरै ठाँउमा सुविधा भएको कारणले गर्दा पूर्वाधारको विकास भएको देखिन्छ भने समग्र प्यूठान जिल्लाको हकमा त्यो अवस्था नहुन सक्दछ । तसर्थ किसानका समस्याहरु पनि परियोजनाको कार्यक्षेत्र भित्र रहनुभएका कृषकहरुको समस्या र समग्र जिल्लामा रहनुभएका कृषकहरुको ससस्याहरु फरक हुन सक्दछ । परियोजनाको कार्य क्षेत्र भित्र रहनुभएका कृषकहरुको समस्यामा कृषकहरुको रोजाई अनुसारका धानबालीका जातहरु श्रोत केन्द्रबाट उपलव्ध हुन नसक्नु, बालीमा विभिन्न किसिमका रोग किराहरु देखिनु, कृषकहरुले बाली लगाउने समयमा चाहे अनुसारका मल प्राप्त गर्न कठिनाई हुनु, उत्पादित बालीको मूल्यमा अस्थिर रहनु, जमिनको खण्डीकरण बढ्दै जानु आदि समस्याहरु रहेका छन् । जुन समस्याहरुलाई परियोजना कार्यान्वयन इकाईले मात्र समाधान गर्न नसक्ने भएको हुँदा सम्वन्धित सबै निकायहरुको समन्वय र सहकार्यबाट कृषकहरु माझ देखिएका समस्याहरुलाई समाधान गर्नको लागि परियोजना कार्यान्वयन इकाईले समेत पहल लिनेछ ।
७) प्यूठानमा कृषि क्षेत्रको चुनौती र अवसर के के देख्नुहुन्छ ?
समग्र प्यूठान जिल्लाको कृषि क्षेत्रको सन्दर्भमा देखिने चुनौती र अवसर र परियोजनाको कार्यक्षेत्र भित्रको कृषि क्षेत्रको सन्दर्भमा देखिने चुनौती र अवशर अवश्य पनि फरक रहेका छन् । परियोजनाको कार्य क्षेत्र सडक, विद्युत तथा सिँचाईको सुविधाले गर्दा कृषि क्षेत्रमा चुनौती भन्दा पनि अवसर बढी भएको देखिन्छ । प्रमुख चुनौतीको रुपमा बढ्दो शहरीकरणले जमिनको खण्डीकरण बढ्दै जानु, उत्पादित कृषि उपजको मूल्य अस्थिर हुनु, जलवायु परिवर्तनले मौसममा भएको परिवर्तन, बालीमा देखिने रोग, किराहरुको प्रकोप मुख्य चुनौतीको रुपमा रहेको छ भने परियोजनाको कार्य क्षेत्र भित्र कृषि क्षेत्रको अवसरको रुपमा झिमरुक नदीको पानीलाई अधिकतम् रुपमा सिँचाईको लागि प्रयोग गर्न सकिने, धान बाली लगायत अन्य खाद्यान्न, तरकारीबाली आदिको लागि उचित हावापानी एंव उपर्युक्त जग्गा रहेको, विभिन्न एग्रोभेटहरु मार्फत उन्नत जातका बीउ विजनहरु उपलव्ध हुनु, कृषि का लागि आवश्यक पूर्वाधारहरु (सडक, विद्युत, सिँचाई आदि) को विकास हुनु तथा हुदै जानु, क्रमश समुह तथा सहकारीहरुको माद्ययमबाट बजारिकरणको विकास हुदै जानुलाई कृषि क्षेत्रको अवसरको रुपमा लिन सकिन्छ ।
८) व्यवसायिक किसान र सरकारी अनुदान प्रवाहमा श्रोत प्राप्तीमा समस्या देखिन्छ । व्यवसायिक किसानले कसरी श्रोत प्राप्तिमा अवसर प्राप्त गर्न सक्छन् होला ?
महत्वपूर्ण प्रश्न गनुभयो यसको लागि यँहा लाई धन्यवाद दिनचाहान्छु । सर्वप्रथम त व्यवसायिक किसान भ्रन्नाले कस्ता खालका किसानलाई व्यवसायिक भन्ने त्यसको एउटा निश्चित मापदण्ड बनाउनु पर्ने देखिन्छ । प्यूठान जिल्लाको पनि खास गरि परियोजना कार्य क्षेत्र भित्रका कृषकहरु मध्येमा कति सम्म मापदण्ड पुरा भएका कृषकहरुलाई व्यवसायिक किसान भन्ने र कति सम्मका मापदण्डका किसानहरुलाई साधारण कृषकको रुपमा परिभाषित गर्ने सो निश्चित मापदण्ड बनाउनु पर्ने देखिन्छ । खास गरि आफ्नै पहलमा वा लगानीमा व्यवसाय शुरु गरि कुनै पनि कृषक समुह÷कृषि सहकारीमा आवद्ध भएका तथा कृषि फर्मको रुपमा दर्ता भएका उद्यमी कृषकहरु अनुदान प्राप्त गर्न वा कार्यक्रम प्राप्त गर्नमा उपर्युक्त हुन सक्दछन् । तर उक्त कृषक समुह÷कृषि सहकारीहरु तथा कृषि फर्महरु तोकिएको समय अवधिभित्र सूचिकृत हुनुपर्नेछ । तत्पश्चात मात्र कार्यालयले कार्यक्रममागको लागि निकालेको सार्वजनिक सूचना अनुसार तोकिएको समय अवधि भित्र कार्यक्रम माग गर्ने समुह÷सहकारीहरु एवं कृषि उद्यमीहरुलाई परियोजना कार्यान्वयन निर्देशिका २०७७ एर्व प्रचलित नियममा रहि स्थानीय माग र आवश्यकताको आधारमा अनुदान प्राप्त गर्ने संस्था÷फर्म÷व्यक्रिको छनौट गरि कार्यान्वयनमा लगिने प्रावधान रहेको जानकारी गर्दछु ।

९) अन्तमा तपाई प्यूठानमा रहि कार्यालय संचालन गर्दै गर्दा मुख्य प्राथमिकता के के दिनु पर्ने सोच्नु भएको छ ?अनि थप केहि छ भने ……
समग्र प्यूठान जिल्लाको प्राथमिकता भन्दा पनि परियोजना कार्य क्षेत्र भित्रका प्राथमिकताको कुरा गर्दा यस परियोजना कार्यान्वयन इकाईको कार्यक्रममा मुख्य धान बालीलाई समेटेको हुँदा धानबालीको उत्पादन र उत्पादकत्वको कसरी बृद्धि गरि कृषकहरुको आम्दानीमा बृद्धि गर्न सकिन्छ यस मै केन्द्रित रहि थप कार्यक्रमहरु संचालनमा जोड दिने लक्ष्य रहेको जानकारी गराउदछु । यस परियोजनाका कार्य क्षेत्र भित्र उत्कृष्ठ कृषि कार्य गरेका कृषक समुह÷कृषि सहकारीहरु एवं उद्यमी कृषकहरु मार्फत प्रजनन तथा मुल बीउबाट मूल बीउ तथा प्रमाणित प्रथम पुस्ताको बीउ उत्पादन गरि सम्वन्धित निकायहरुसँग समन्वय गरि प्यूठान जिल्लालाई धानको बीउको श्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्य का साथ कार्यक्रम अगाडी बढाईनेछ । साथै कृषि उत्पादनको लागत घटाउन कृषि यान्त्रिकरणलाई जोड दिईनेछ ।
अन्त्यमा परियोजना कार्यान्वयन इकाईका कार्यक्रमहरु सम्वन्धमा एवं समसामयिक विषयवस्तुहरुलाई आदरणीय पाठक बर्गहरुमा एवं कृषक महानुभावहरुमा लगायत सरोकारवाला निकायहरुमा पू¥याउन जुन सहजीकरण एवं सहयोग गर्नुभयो यस्का लागि पत्रिका प्रकाशन परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै आगामी आउदै गरेको विजयादशमी तथा शुभ दिपावलीको अवसरमा पत्रिका प्रकाशनमा संलग्न सम्पूर्ण महानुभावहरु, आदरणिय पाठक बर्गहरु, सम्पूर्ण कृषक दिदी बहिनी तथा दाजुभाईहरु, समाजसेवी, कर्मचारी ज्यूहरु, पत्रकारज्यूहरु लगायत सम्पूर्ण गन्य मान्य व्यक्तित्वहरुमा हार्दिक मङ्गलमय शुभकामना ।
जय कृषि ।

 


सम्बन्धित पोस्टहरू

Top