Invalid Conversion Type | Saturday 31st July 2021

बढ्दो आत्महत्या न्यूनिकरण गर्न सवै पक्ष जिम्म्मेवार बन्नु पर्ने


Hamroekata २ असार २०७८

प्रकाश बैद्य
प्यूठान,जिल्लामा पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटना न्यूनिकरण गर्न सरोकारवाला सबै जिम्मेवारीपूर्वक लाग्नु पर्नेमा एक कार्यक्रममा सहभागि बक्ताहरुले जोड दिएका छन् ।
हरप्लेस नेपाल प्यूठान र गैह्र सह्रकारी संस्था महासंघ प्यूठानको संयुक्त आयोजनामा हिजो भएको बढ्दो आत्महत्या,यसले पारेको असर र न्यूनिकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागि नागरिक समाज संस्थाका अगुवा,स्थानीय तहका जनप्रतिनिधी ,प्रहरी ,सञ्चारकर्मी लगायतले आत्महत्या सवैको साझा समस्या भएकाले यसको न्यूनिकरणमा सवै पक्ष जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवी प्रसाद गैरेले पछिल्लो समय जिल्लामा विगतका वर्षहरु भन्दा आत्महत्याका घटना बढिरहेको जानकारी गराउदै यस वर्ष ७८ जना झुण्डिएर,११ जना विष सेवन गरेर तथा २ जना हाम फालेर आत्महत्या गरेको जसमा १६ वर्ष देखि ४५ वर्ष सम्मको उमेरका धेरै रहेको साथै आत्महत्या गर्नेहरुको संख्या महिलाको तुलनामा पुरुषहरुको धेरै रहेको जानकारी गराए । आत्महत्या घटना न्यूनिकरण गर्न प्रहरीले पर्चा पम्पलेट,्याली,विद्यालय स्तरमा जनचेतनामुलक कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गरेको बताउदै निरिक्षक गैरेले घटना न्यूनिकरण गर्न चेतनामुलक कार्यक्रम,रोजगारी सृजना,शैक्षिक अभिवृद्धि,बालवालीकाको हेरचाह,सुचना प्रविधीको सहि प्रयोग जरुरी रहेकाले स्थानीय तह गैह्र सह्रकारी संस्था,समाज सेवी ,बृद्धिजिवी,विद्यालय,सञ्चारमाध्यम लगायत सवै सरोकारवाला निकायको महत्वपूर्ण भुमिका एवं सहकार्य हुनु पर्नेमा जोड दिए । कार्यक्रममा ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बस्नेतले आत्महत्या सवैको साझा समस्या भएकाले यसको न्यूनिकरणमा सवै जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिदै आफ्नो गाउँपालिकावाट आत्महत्या घटना न्यूनिकरण गर्ने कार्यक्रमका लागि आवश्यक बजेट तथा नीति कार्यक्रम तय गर्न आफुले पहल तथा समन्वय गर्ने प्रतिबद्धता जनाए । त्यसै गरी माण्डवी गाउँपालिकाका उपाध्यक्ष मुगा पुन ,मल्लरानी गाउँपालिकाका उपाध्यक्ष सरिता जि.सी.,स्वर्गद्धारी नगरपालिकाका उपमेयर गोमा रेग्मीले गरीवी ,जनचेतनाको कमि ,बाल विवाह, घरेलु हिंसा ,प्रविधिको गलत प्रयोग लगायत विभिन्न कारणले आत्म हत्याका घटना बढिरहेकाले यो समस्या समाधानमा स्थानीय सरकार र सरोकारवाला सवै हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
गैह्र सह्रकारी संस्था महासंघ प्यूठानका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्वता आचार्य ,कल्पना खड्का ,दामोदर शर्मा , शान्ती पण्डित लगायतका बक्ताहरुले मानिसको स्वास्थ्य भित्र शारिरिक स्वास्थ्य मात्र नभएर शारिरिकका साथ मानसिक र सामाजिक स्वास्थ्यलाई पनि महत्व दिएर नीति योजना बनाउनु जरुरी रहेको जस अन्तर्गत स्थानीय तहहरुले मानसिक स्वास्थ्यलाई पनि संग संगै लिएर जानु पर्ने औल्याए । जनचेतनामुलक कार्यक्रम वडा तह सम्म मनोविमर्शका कार्यक्रम लैजान जरुरी रहेकोमा उनिहरुले ध्यानाकर्षण गराए । जिल्लाका विभिन्न समयमा विभिन्न निकायवाट आयोजना हुने कार्यक्रममा यो सवाल उठान भइ रहे पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेको वक्ताहरुले स्मरण गराए । हरप्लेस नेपाल प्यूठानकी जिल्ला अधिकृत पम्फा पन्तको सञ्चालन रहेको सो भर्चुअल अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न नागरिक समाज संस्थाका प्रतिनिधी ,सञ्चारकर्मी ,गैह्रसरकारी संस्थाका प्रतिनिधीहरुको  सहभागिता रहेको थियो ।


सम्बन्धित पोस्टहरू

Top