Invalid Conversion Type | Saturday 15th August 2020

फूलवारीद्धारा स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग


Hamroekata ९ असार २०७७

प्यूठान÷ अष्ट्रेलियनएड् कारितास अष्ट्रेलिया र कारीतास नेपालको आर्थिक सहयोग तथा फूलवारी एकीकृत ग्रामिण विकास संस्था नेपालको साझेदारीमा सञ्चालित एन एल आरपि आइपिएम कार्यक्रमले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्यूठानका विभिन्न स्थानीय तहहरुलाई लाखौको स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गरेको छ ।
संस्थाले हिजो र आज माण्डवी गाउँपालिका ,मल्लरानी गाउँपालिका तथा प्यूठान नगरपालिका अन्तर्गत वडा न. १ मा रहेका विभिन्न क्वारेन्टिन र स्थानीय तहका कार्यालयमा पुगि स्वास्थ्य सुरक्षाका समाग्रीहरु हस्तान्तरण गरेको हो ।
मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानालाई फुलवारी एकिकृत ग्रामीण विकास संस्थाका अध्यक्ष गुणेन्द्र वहादुर बस्नेतले आज स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरेका हुन् भने माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकालाई हिजो उपाध्यक्ष छन्द बहादुर बस्नेतद्धारा सामाग्री हस्तान्तरण गरिएको थियो ।

फूलवारी एकिकृत ग्रामीण विकास संस्थाले मल्लरानी गाउँपालिकालाई पि.पि.ई १० सेट,के.एन ९५ मास्क ४०पिस, सर्जिकल माक्स ३६५ पिस,मेडिकल ग्लोप्स १९० पिस,सचेतनामुलक पोष्टर ३० पिस,५०० एम एल सेनिटाइजर क्वारेन्टाइनमा वितरण ,मल्लरानी गाउँपालिका भित्रका क्वारेन्टिनमा रहेका १२७ जनालाई हाइजिनिक किट(लाइफ वाई सावुन१पिस,सर्जिकल माक्स १० पिस,टुथ व्रश १ पिस, ७५ ग्रामको टुथ पेष्ट १ पिस, सेनिटाइजर १०० एम एल १ पिस,गोप्स १ जोडी,हात पुछ्ने टावेल १ पिस ) तथा माण्डवी गाउँपालिका भित्र क्वारेन्टिन तथा आइशोलेशनमा रहेका ९४ जनालाई हाइजिनिक किट र प्यूठान नगरपालिका वडा न. १ भित्र क्वारेन्टिनमा रहेका २५ गरी जम्मा २४६ जनालाई हाइजिनिक किट गरी कुल १ लाख ७४ हजार ६ सय ५७ रुपैयाको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको फूलवारी एकिकृत ग्रामीण विकास संस्थाका आइपिएम कार्यक्रम प्राविधिक वाशुदेव वस्नेतले वताए ।
जिल्लामा विपदको वेला विभिन्न स्थानमा महत्वपूर्ण सहयोग गर्दै आएको कारितासले यस अघि पनि कोरोना नियन्त्रण तथा राहतका लागि प्यूठान नगरपालिकालाई १ लाख १२ हजार ५ सय २० रुपैया वरावरको खाद्य सामाग्री सहयोग गरेको थियो ।


सम्बन्धित पोस्टहरू

Top