Invalid Conversion Type | Saturday 31st July 2021

प्रतिगमन विरुद्ध प्यूठानमा ५ दलिय गठवन्धन, जिल्ला देखि वडा सम्म सहकार्य गर्ने निर्णय


Hamroekata ३१ जेष्ठ २०७८

प्यूठान, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम प्रति असहमति जनाउदै प्यूठानका ५ राजनैतिक दलहरु एकै ठाउँमा उभिएका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गरी नेपालको संविधान माथी गम्भिर आघात पूर्याएको भन्दै जिल्लाका ५ राजनैतिक दलहरुले आज एक विज्ञप्ती प्रकाशित गरी विरोध प्रकट गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला सभापति अमर भण्डारी ,ने.क.पा. (माओवादी केन्द्र) का सचिव कृष्ण अधिकारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण खड्का,जनता समाजवादी पार्टी नेपालका अध्यक्ष श्याम गहतराज र नेकपा एमाले सचिव दिपेन्द्र के.सी. द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ   “

नेपाली जनताको लामो संघर्ष, आन्दोलन, त्याग र वलिदानबाट प्राप्त नेपालको संविधान माथि प्रधानमन्त्री के.पी.शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी गम्भीर आघात पु¥याएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त के.पी. शर्मा ओलीद्वारा सोहि धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनु पर्ने वाध्यकारी प्रावधान उल्लंघन गर्दै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुने शिफारिस राष्ट्रपतिलाई गरियो । संविधानको संरक्षक दायित्व रहेको राष्ट्रपतिबाट समेत प्रधानमन्त्रीको शिफारिस अनुसार नै १ दिनको मात्र समय दिएर नयाँ प्रधानमन्त्रीको नियुक्तिको लागि आह्वान गरियो। नेपालको संधिान प्रतिनिधि सभा र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसका सभापती तथा प्रतिनिधि सभाका माननीय सदस्य शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि प्रतिनिधि सभाका १४९ माननीय सदस्यहरुको हस्ताक्षर सहित राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएकोमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित विधिसंवत पेश गरिएको दावी माथि निर्णय गरी प्रधानमन्त्री नियुक्ति गर्नु पर्ने संवैधानिक दायित्व राष्ट्रपति विद्या देवी भण्डारीबाट निर्वाह गरिएन । उल्टै प्रधानमन्त्री ओली सँगको मिलोमतोमा बदनियतपूर्ण किसिमले प्रतिनिधि सभा विघटन गरी नेपालको संविधान र लोकतन्त्र माथि नै प्रहार गरिएको छ । यसबाट देश र जनताले झन बढि दुःख कष्टको सामना गर्नु पर्ने स्थितिको सृजना भएको छ । प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतात्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भ्रत्सना गर्दछौं । राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय र अन्यौल , अराजकता सृजना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यको विरुद्ध एकतावद्ध भई राजनीतिक र कानूनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटीवद्ध छौं । संविधानमा अन्तरनिहित संघिय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वोपरि राष्ट्रिय हितको रक्षाको लागि सबै जिल्लाबाट दृढतापूर्वक प्रतिरोध गर्दै अगाडि बढ्न हामी प्यूठान स्थित ५ राजनीतिक दलबाट सम्पूर्ण राजनीतिक दल तथा जनसमुदाहरुयमा हार्दिक आह्वान गर्दछौ । वर्तमान सरकारका अर्थमन्त्रीले व्यापार घाटा घटाउने नाममा चुरेमा रहेका प्राकृतिक श्रोत साधनहरु (गिट्टि,वालुवा ,ढुङ्गा) विदेश निकासी गर्ने कदमवाट चुरे क्षेत्रवाट तराईलाई मरुभुमि बनाउने कार्यक्रम यो राष्ट्रघाती कदम हो यसको हामी घोर भत्र्सना गर्दछौ र सरकारलाई यो कार्यक्रम अविलम्व रोक्न जोडदार माग गर्दछौ । अध्यादेश मार्फत राष्ट्रघाती नागरिकता विधेक ल्याउने कामम भएको छ यसको हामी घोर भत्र्सना गर्दछौ र यो कार्य खारेजका लागि समेत जोडदार माग गर्दछौ । कोभिड महामारीबाट मृत्युवरण हुन पुगेका सम्पूर्ण नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौ साथै कोरोना भाइरसको संक्रमणवाट संक्रमित भई भाइरस विरुद्धको लडाइमा जुधिरहनु भएका आम महानुभावहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । कोभिड संक्रमणवाट जनतालाई बचाउन एक मात्र माध्यम खोप भएकाले जनताको जीवन रक्षाको लागि खोपको व्यवस्था तथा औषधि उपचारका लागि अस्पतालहरुको उचित व्यवस्थापन गर्न जोडदार माग गर्दछौ ।”

त्यसै गरी आज वसेको ५ दलिय गठवन्धनको वैठकले जिल्ला देखि वडा सम्मका हरेक क्रियाकलापमा ५ दलको सहकार्य एवं समन्वयका साथ काम कार्वाही अघि बढ्ने निर्णय भएको ने.क.पा. (माओवादी केन्दं) का सचिव कृष्ण अधिकारी ( प्रकाश )ले जानकारी दिए ।


सम्बन्धित पोस्टहरू

Top