Invalid Conversion Type | Saturday 31st July 2021

प्यूठान नगरपालिका अन्तर्गत ६ सय ४२ जनाले लगाए verocell खोप


Hamroekata ३० जेष्ठ २०७८

प्यूठान ,प्यूठान नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरुवाट यस पटकको खोप अभियानमा ६ सय ४२ जनाले verocell खोप लगाएका छन् ।
सरकारको नीति अनुसार ६२ देखि ६४ वर्ष सम्मका जेष्ठ नागरिक तथा कोभिडको यो महामारीमा फन्ट लाइनमा रहेर काम गर्नेहरुले खोप लगाएका हुन् ।
जिल्लाको केन्द्रविन्दुमा रहेको प्यूठान नगरपालिकामा जेठ २५ देखि २८ गते सम्म सञ्चालित खोप कार्यक्रममा हाल सम्म एक पटक पनि खोप नलगाएकाहरुले प्रथम डोज ६ सय २० जनाले तथा यस भन्दा पहिलै नै प्रथम डोज लगाई सकेका २२ जनाले भेरोसेलको दोस्रो डोज गरी जम्मा ६ सय ४२ जना खोप कार्यक्रमवाट लाभान्वित भएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द राज घिमिरेले जानकारी दिए । नगरपालिकाले यस चरणमा ६ सय २४ जना जेष्ठ नागरिकहरुलाई खोप लगाउने लक्ष लिएकोमो ६२ वर्ष भन्दा माथीका सवै जेष्ठ नागरिक ,पत्रकार ,स्वास्थ्य कर्मी लगायत फन्ट लाइनमा रहनेहरुलाई खोप लगाइएको समेत संयोजक घिमिरेले जानकारी दिए । खोप कार्यक्रममा जनताको चासो अत्याधिक रहेको संयोजक घिमिरेको भनाई छ । नगरपालिकाको दाखाक्वाडी ,मरन्ठाना,सापडाँडा,जुमृकाँढा,माझकोट र धर्मावती स्वास्थ्य चौकी खोप केन्द्र गरी ६ वटा खोप केन्द्रवाट खोप लगाइएको हो ।


सम्बन्धित पोस्टहरू

Top