Invalid Conversion Type | Wednesday 21st October 2020

प्यूठान अस्पताल कागज र भाषणमा स्तरोन्नति कार्यान्वयनमा सकस


Hamroekata २५ आश्विन २०७७

प्यार अलि खाँनप्यूठान,    जिल्ला अस्पतालको रुपमा रहेको प्यूठान अस्पताल कागज र भाषणमा मात्र स्तरोन्नति हुँदै गएको छ। कागजी निर्णय कार्यान्वयनमा सकस भोगिरहेको अस्पताल करिब दुई वर्ष अघि ५० सैयामा स्तरो न्नती गर्ने नेपाल सरकारले निर्णय गरेको थियो।

निर्णय पश्चात् भवन निर्माणका लागि ४४ करोड बजेटको टेण्डर हुनै लाग्दा बजेट अन्यत्र सर्यो र अस्पताल स्तरोन्नती अधुरै रह्यो। अस्पताल स्तरवृद्धिका लागि ३५ रोपनी जग्गा अपुग भएको मुख्य कारण देखाउँदै विनियोजन भएको बजेट समेत कार्यान्वयन हुन सकेन। ‘मापदण्ड मुताविक जग्गा नमिलेको र अपुग भएकाले आएको बजेट पनि फर्कियो।’ प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले भने ‘साढे ३१ रोपनी जग्गा त अस्पतालकै नाममा थियो।’ समयमै डिपिआर पनि हुन नसकेकाले बजेट ल्याप्स भयो।’ केन्द्र देखि प्रदेससम्म सिधा पहुँच राख्न सक्ने नेता भएको जिल्लामा जिल्ला अस्पतालको स्तरोन्नती हुन नसक्दा जिल्लावासीहरु विशेषज्ञ स्वास्थ्य सेवा लिनबाट बञ्चित हुँदै आएका छन्। २०४५ सालमा बनेको १५ सैयाको जिल्ला अस्पतालले हाल ३६ सैयाको सेवा दिईरहेको अस्पतालका सुचना अधिकारी खिमप्रसाद पार्धेले बताए। ‘५० सैयाको लागि आवस्यक जनशक्ति स्वीकृत भयो तर विशेषज्ञ डाक्टरहरु आएनन्।’ पार्धेले भने, ‘अस्पताल स्तरोन्नतीका लागि पुनः पहल भैरहेको छ।’ अस्पतालमा ८ जना विशेषज्ञ डाक्टर तथा ११ औं तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी भएपनि हालसम्म पदपूर्ति हुन सकेको छैन्। अपुग जग्गा व्यवस्थापन गर्न अस्पताल जग्गा व्यवस्थापन समिति गठन गरि आवस्यक जग्गा छिट्टै व्यवस्थापन हुन लागेको नगर प्रमुख कक्षपतिले जानकारी दिए। प्यूठान अस्पताललाई हब हस्पिटल बनाउनका लागि समेत आवस्यक प्रक्रिया अघि बढिरहेको उनले बताए। निक साइमन्स र स्वास्थ्य मन्त्रालयको संयुक्त साझेदारीमा स्वास्थ्य संस्था सहयोग कार्यक्रम अन्तर्गत हस्पिटल हब कार्यक्रम लागु हुने बताईएको छ। कार्यक्रम लागु भएमा ६ विशेषज्ञ डाक्टर सहित आवस्यक जनशक्ति निक साइमन्सले व्यवस्थापन गरिदिने छ। ‘अघिल्लो वर्षनै कार्यक्रम लागु हुन्थ्यो।’ सुचना अधिकारी पार्धेले भने ‘भवन अभाव भयो।’ अस्पताल विकास समिति, स्वास्थ्य कार्यालय र राजनैतिक दल सम्मिलितको वैठकले स्वास्थ्य कार्यालयको भवन अस्पतालले प्रयोग गर्ने सहमती भएको उनले बताए। प्यूठान अस्पतालको स्तरोन्नतीमा नगरपालिकाले सदैव उच्च प्राथमिकताका साथ पहलकदमी गरिरहेको कक्षपति बताउँछन्। ‘नगरपालिकाले भवन निर्माणका लागि डिपिआर बनाउँदै छ।’ कक्षपतिले भने, ‘प्रदेस सरकारले आवस्यक बजेट विनियोजन गर्नेमा हामी ढुक्क छौं।’ अस्पतालको जनशक्ति तथा भौतिक पूर्वाधार सुधारमा नगर सरकारले सक्ने सहयोग हरदम गरिरहेको र गरिनै रहने उनले बताए। नगरपालिकाकै पहलमा अस्पतालमा फिजियोथेरापी, अत्याधुनिक ल्याब सेवा तथा डायलशिस सेवा थपिन लागेको कक्षपतिले बताए। हाल ९१ जना जनशक्ति रहेको प्यूठान अस्पतालमा भवनको सहज उपलब्धता भए ५० सैयाको सुविधा दिन तयार रहेको अस्पताल प्रशासनले जनाएको छ।


सम्बन्धित पोस्टहरू

Top