Invalid Conversion Type | Saturday 15th August 2020

प्यूठानमा फेरि भित्रीए सलह, किसानहरु चिन्तित


Hamroekata २९ असार २०७७

प्यूठान । प्यूठानमा फेरि पनि ठूलो संख्यामा सलह किराको हुल प्रवेश गरेको छ । हाल आकाशतिर उडिरहेका सलह दाङ हुँदै प्यूठान भित्रीएको हो ।
सरुमारानी गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । दिउँसो  साढे ३ बजेदेखि दाङतिरबाट सलह किरा आएको स्थानिय बताउछन। गाउँ ढाक्ने गरि सलह किरा आकाशमा उडेको देख्नासाथ खेतबारीमा पुगेर किसानहरुले भाडा ठटाएर र आगो बालेर धुँवा निकालेर सलह भगाउन थालेका छन् ।  करीव एक साता अघि आएको सलहले जिल्लाको ४ सय ३१ हेक्टर कृषी बालीमा क्षति पु¥याएको थियो। केहि समय वर्षात भएपछि सलह किराहरु देखिन  छोडेका थिए।
आज पुनः नयां सलह हुलका हुल भित्रिएपछि कृषि बाली सखाप पार्ने भन्दै किसान चिन्तित बनेका छन्।तर सलहको हुलले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।


सम्बन्धित पोस्टहरू

Top