Invalid Conversion Type | Monday 21st June 2021

प्यूठानमा एक साता वन्दावन्दी


Hamroekata १७ बैशाख २०७८

प्यूठान,कोरोना संक्रमणको जोखिम बढे संगै प्यूठान जिल्लामा एक हप्ता वन्दावन्दी हुने भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले शनिवार देखि एक साता वन्दावन्दी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनु भयो । सवैको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि वन्दावन्दीको निर्णय भएको भन्दै प्र.जि.अ .भुसालले निर्णय कार्यान्वयनमा कडाइका साथ लाग्ने समेत बताउनु भयो ।


वन्दावन्दीको समयमा अत्यावश्यक एम्बुलेन्स , शववाहन ,खाद्य सामाग्री ,पशुपन्क्षी फलफुल तथा दुध डेरीका साधन निरन्तर चल्नेछन् भने स्वास्थ्यकर्मीहरुका गाडी, प्रेस पास भएका सञ्चारकर्मीहरुका साधन वाहेकका अन्य सवारी साधन वन्द हुनेछन् । विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु ,जनप्रतिनिधीहरु तथा अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुको हकमा सम्वन्धित कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।


सम्बन्धित पोस्टहरू

Top