Invalid Conversion Type | Tuesday 19th November 2019

प्युठानमा महिला र बालबालिका हराउने क्रम बढ्यो


Hamroekata १७ कार्तिक २०७६

सागर रिजाल
प्युठान, १७ कार्तिक ।
प्युठान जिल्लामा महिला र बालबालिका हराउनेक्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको तथ्यांकअनुसार हराएकाहरू कम मात्रै फेला पर्ने गरेको पाइएको हो । जिल्लामा चालु आर्थिक वर्ष ०७६र७७ को आज सम्मको तथ्याङ्क र्हेदा २५ महिला हराएका छन् भने एक बालक १२ बालिका हराएका हुन । आर्थिक वर्षमा हराएका २५ महिलामध्ये १३ जना जना महिला फेला परे भने १२ जना अझै सम्र्पकमा आएका छैनन् ।
यस्तै एक जना हराएका बालक भने परिवारको सम्र्पकमा आएका छन । १२ जना हराएका वालिकामध्ये पाच जना पेला परेभने अझै सात जना परिवारको सम्र्पकमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभएको छ । यसैगरी जिल्लामा दुई जना पुरुष हराएका छन । हराएका मध्ये एक जना पेला परेभने अझै एक जना परिवारको सम्र्पकमा आएका छैनन् ।
हराएमा खोजीका लागि प्रहरीलाई खबर गरे पनि कतिपयले भने भेटाउँदा खबर नगर्ने प्रवृत्ति रहेकाले पनि यो तथ्यांकमा तलमाथी हुने गरेको उहाँको भनाई छ । विभिन्न प्रलोभनमा पारेर महिला र बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक लैजाने, महिलाहरु पारिवारीक समस्याका कारण तथा श्रीमान, वैदेशिक रोजगारका क्रममा गएको र घरमा श्रीमतिले पैसा हिनामिना गरेर घरबाट हिड्ने गरेकाले पनि यस्तो समस्या रहेको उहाँको भनाई छ ।
प्रहरीले यस्ता क्रियाकलाप नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिरहेको उहाँले बताउनुभएको छ । हराएका महिला बालबालिकाहरुलाई रोक्नको लागि बढि भूमिका अभिभावककै रहने हुँदा अभिभावक जिम्मेवार बन्न आवश्यक रहेको समेत प्रहरी निरिक्षक जिसील बताउनुभयो ।
अभिभावकको जिम्मेवारीमा बस्नुपर्ने समयमा बालबालिकाहरुप्रति अभिभावकको निगरानि अभावकाले हराएको देखिने गरेको छ । यसैगरी नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको संख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । बालकालिकालाई काममा लगाउदा पारीश्रमिक दिन नपर्ने भएको हुँदा श्रमको लागि लैजाने गरेको उहाँको भनाई छ । हराएका महिलाको सन्दर्भमा उनीहरु बढि हिंसामा पर्ने र बालकहरु भने श्रमको क्षेत्रमा प्रयोग गरीएको छ । हराएका महिला बालबालिकाहरुकाका कतिपय अभिभावकलाई प्रहरीमा आएर रिपोर्टसमेत नगर्ने गरेको समेत उहाँको भनाई छ ।
हराएको महिला तथा बालबालिका ‘आईहाल्ला’ भनेर हेल्चेक्र्याई गर्ने गरेको समेत प्रहरी निरीक्षक जिसीकोे भनाई छ । प्रहरीले भने कहिकतैबाट जानकारी आएमा तथा हराएका अभिभावकले दिएको हुलियाको आधारमा फेला पार्ने गरेको उहाँले बताउनुभयो ।


सम्बन्धित पोस्टहरू

Top