Invalid Conversion Type | Saturday 19th October 2019

प्युठानमा एक व्यक्ति मृत अवस्थामा फेला


Hamroekata १६ आश्विन २०७६

प्युठान,१६ असोज ।
प्युठान नगरपालिका– ९ गुरीगाउँमा एक जना व्यक्ती मृत अवस्थामा फेला पर्नुभएको छ । झिमरुक गाउँपालिका १ सौतामारे बस्ने ३३ वर्षिय दिन बहादुर शिवभक्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो । मृतक दिनबहादुरलाई स्थानियले खबर गरे पश्चात प्रहरी चौकी मरण्ठानाबाट प्रहरी सहायक निरिक्षक टिका कँवरको कमाण्डमा दुई जनाको टोली घटना स्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । घट्नाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक सहितको टोली घटनास्थलमा पुगेर शवको पहिचान गरि पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द भिग्री पठाईएको छ ।
पहिरोमा परि जेसीवि चालक घाईते
सरुमारानि गाउँपालिका –५ पाखापानि खोला स्थित जस्पुर देखि कुथुर्के जाने कच्चि बाटो सफा गर्ने क्रममा माथिबाट पहिरो आई रा १ क ६१६ नं को जेसीवि चालक घाईते हुनुभएको छ । पहिरोमा परि राप्ती गाउँपालिका – ५ सिसिनिया दाङका ३४ वर्षिय जिबलाल घर्ति घाईते भएको भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । घाईते घर्तिको उपचारको लागि राप्ति पोलि क्लनीक भालुबाङमा उपचार गरिएको छ । घर्तिको टाउकोमा २ वटा टांका लागेको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।


सम्बन्धित पोस्टहरू

Top