Invalid Conversion Type | Saturday 15th August 2020

परिवारका सदस्यको आर.डि.टी. रिपोर्ट नेगेटिभ


Hamroekata १४ जेष्ठ २०७७

प्युठान ।
प्युठानमा क्वारेन्टीनमा मुत्यु भएकी महिलासंगै बसेका परिवारको आर.डि.टी. रिपोर्ट नेगेटिभ आएको छ । महिलासंगै क्वारेन्टीनमा बसेका मृतक महिलाका श्रीमान, आमा, दुई वटा छोरा र भाई गरि ५ जनाको आर.डि.टी. रिपोर्ट नेगेटिभ आएको ऐरावती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताईन् । महिलाको मृत्यु भएपछि उनीहरुको आर.डि.टी. परिक्षण गरिएको थियो ।
महिलासंगै बसेका ५ जना परिवारको आर.डि.टी. रिपोर्ट नेगेटिभ आएपछि मृतक महिलाको शव व्यवस्थापन गरिएको हो । शवलाई परिवारका सदस्य कसैले नछोई जेसिवीले खाल्डो खनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले बताए । मृत्यु भएको क्वारेन्टीनभन्दा तीन किलोमिटर टाढा जंगलमा लगि कोराना विरुद्धको सुरक्षा सावधानी सहित शव व्यवस्थापन गरिएको हो ।
लामो समयदेखी भारतमा बे्रन टियुमरको उपचार गराईरहेकी महिला डाक्टरले सन्चो हुदैँन भनेपछि घर फर्किएकी थिईन् । ऐरावती गाउँपालिका वडा नं ६ माईतीघर बिजुली गएको समयमा परिवारसहित मृतक महिलालाई जनता माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टीनमा राखिएको थियो । गत जेठ ८ गतेदेखी क्वारेन्टीनमा बस्दै आएकी महिलाको मंगलबार बिहान मृत्यु भएको हो । परिवारका सदस्यको आर.डि.टी. रिपोर्ट नेगेटिभ आएपछि मृतक महिलाको पिसीआरका लागि स्वाव संकलन गरिएको छ तर पिसीआर रिपोर्ट आउन भने बाकी रहेको जनाईएको छ ।


सम्बन्धित पोस्टहरू

Top