Invalid Conversion Type | Tuesday 20th April 2021

पत्रकार महासंघ प्यूठान शाखा सम्मानित


Hamroekata ५ फाल्गुन २०७७

प्यूठान ÷नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ ।
पत्रकार महासंघ केन्द्रीय समितिको आज काठमाण्डौमा भएको २६ औ महाधिवेशनको अवसरमा प्यूठान शाखालाई लुम्बिनी प्रदेश भरीको उत्कृष्ट शाखाको रुपमा छनौट गरी शाखा सम्मान प्रदान गरिएको हो ।
प्यूठान शाखाका अध्यक्ष महाविर रानाले सम्मान पत्र ग्रहण गर्नुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजिवी पत्रकारहरुको हितमा क्रियाशिल नेपाल पत्रकार महासंघका गतिविधीलाई व्यापक र प्रभावकारी वनाउन योगदान पूर्याए वापत प्यूठान शाखालाई सम्मान पत्र प्रदान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । प्यूठान शाखालाई यो स्थान सम्म आउन महत्वपूर्ण भुमिका खेल्ने अग्रज एवं सवै सहकर्मी, सञ्चारकर्मी साथीहरुको साथ तथा सहयोगले यो सफलता हासिल भएकोमा खुसी साट्दै पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महाविर रानाले सवैमा आभार व्यक्त गर्नु भयो ।


सम्बन्धित पोस्टहरू

Top