Invalid Conversion Type | Tuesday 20th April 2021

पत्रकार महासंघको साधारण सभा , विभिन्न विधामा सञ्चारकर्मी पुरस्कृत


Hamroekata २७ माघ २०७७

प्यूठान, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको १३ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष महाविर रानाको अध्यक्षतामा विजुवारमा भएको साधारण सभामा जिल्लामा पत्रकारिताको माध्यमवाट विभिन्न क्षेत्रमा कलम चलाउने उत्कृष्ट सञ्चारकर्मीहरुलाई पुरस्कृत गरिएको छ ।

 
कार्यक्रममा हाम्रो एकता सहकर्मी शशिधर भण्डारी(समृद्ध) र व्यवस्थापक लिला पुन पुरस्कृत भएका छन् । भण्डारीलाई महासंघका पूर्व कोषाध्यक्ष प्रकाश बैद्यद्धारा स्थापित धनादेवी लिलाधर स्मृति पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिएको हो भने पुनलाई प्यूठान जिल्लाका तत्कालिन वडाहाकिम प्रतिमानचन्द वोहोराका छोरा पूर्वमन्त्री दिपक बोहोराद्धारा स्थापित प्रतिमान निमा स्मृति पुरस्कार २०७७ प्रदान गरिएको हो ।
त्यसै गरी महासंघमा विभिन्न विधा अन्तरगत स्थापना गरिएका पुरस्कार कोषहरु मध्ये आर एण्ड आर निर्भिक पत्रकारिता पुरस्कारबाट पत्रकार मधुसुदन पोख्रेल, खेमराज पण्डित स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार महेश थापा, काशिराम स्मृति प्रतिभा पत्रकारिता पुरस्कारबाट राजेश जि.सी., महिला सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सिर्जना सेन, दिर्ध बहादुर स्मृति समाजसेवी पुरस्कारबाट सिर्जना सेनलाई पुरस्कृत भएका छन् ।
साधारण सभाकै अवसरमा महासंघको २०७६ मा सम्पन्न गौमुखी मिडिया सम्मेलन सम्पन्न गर्न महत्वपूर्ण सहयोग गरेवापत गौमुखी गाउँपालिकालाई सम्मान गरिएको थियो भने प्रेस स्वतन्त्रता सेनानी झपेन्द्रराज वैद्यलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।
साधारण सभामा महासंघका केन्द्रीय सचिव उदय जि.एम.को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि जि. एम ले पत्रकारिता पेशालाई स्वस्थ र मर्यादित बनाउन आ आफ्नो ठाउँवाट सवै पत्रकारहरु जिम्मेवारीताका साथ लाग्नु पर्नेमा जोड दिए ।कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति, गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, महासंघका पूर्व अध्यक्ष इमान सिंह भारती, सुशील पोखरेल, गिरु प्रसाद भण्डारी, नेपाल वार एशोसियसनका केन्द्रीय सदस्य डा. शिवराज पण्डित लगायतले मन्तब्य राखेका थिए ।
साधारण सभामा सचिव बिजय सिंह भारतीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष श्रीराम भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।


सम्बन्धित पोस्टहरू

Top