Invalid Conversion Type | Saturday 31st July 2021

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सञ्चारमाध्यम जिम्मेवार बन्नु पर्ने


Hamroekata १५ असार २०७८

प्रकाश बैद्य
प्यूठान ,जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक निर्धारणमा सञ्चार माध्यम जिम्मेवार हुनु पर्ने हिजो आयोजित कार्यक्रममा औल्याईको छ ।
नेपाल सरकार न्यूनतम पारिश्रमिक निर्धारण समितिको अगुवाईमा पत्रकार महासंघ प्यूठानको समन्वयमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका सञ्चारमाध्यमहरुले सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक निर्धारण तथा कार्यान्वयनमा ध्यान दिनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोखरेलले जिल्लामा सञ्चार माध्यम नै दिगो व्यवस्थापनका साथ चल्न नसक्दा पारिश्रमिक पक्ष कमजोर नै भएको बताए । उनले भने सञ्चार माध्यम सञ्चालन नै गर्ने गर्ने हो भने सञ्चालकहरुले श्रमजिवी पत्रकारहरुको भविष्य प्रति चिन्तित हुन आग्रह समेत गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले पत्रकारहरुको व्यवसायिक विकास तथा दिगो विकासका लागि दिगो रणनीतिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजालले जिल्लामा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको बताउँदै सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुका लागि स्थानीय सरकारले विशेष योजना लिनु पर्नेमा जोड दिए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य एवं कार्यक्रमका अध्यक्ष गिरु प्रसाद भण्डारीले कार्यक्रममा प्राप्त सुझावलाई टिपोट गरी पारिश्रमिक निर्धारण समितिमा लगेर न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आवश्यक पहल तथा पैरवी गर्ने प्रतिबद्धता जनाए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरु प्रसाद भण्डारीको अध्यक्षतामा भएको सो जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागि जिल्लामा क्रियाशिल विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी ,मिडिया सञ्चालकहरुले जिल्लामा न्यूतमा पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको तथा पत्रकार तथा सञ्चारमाध्यमको दिगोपनाका लागि स्थानीय सरकारले विशेष योजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।
नगरप्रमुख कक्षपतिले घोषणा गरे पत्रकार कल्याणकारी कोषमा १ महिनाको तलव
प्युठान,नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानले स्थापना गरेकोे पत्रकार कल्याणकारी कोषका लागि प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन् ।
न्युनतम पारिश्रमिक निर्धारण समिति’को अन्तरक्रिया कार्यक्रमको अवसरमा नगर प्रमुख कक्षपतिले १ महिना बरावरको सेवा सुविधा वापतको रकम दिने घोषणा
गरेका हुन् ।


सम्बन्धित पोस्टहरू

Top