Invalid Conversion Type | Friday 5th June 2020

नेपालमा थप १० जनामा कोरोना पुष्टि : सङ्क्रमित २ सय ९१ पुगे


Hamroekata ४ जेष्ठ २०७७

काठमाण्डाै – नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।

 


सम्बन्धित पोस्टहरू

Top