Invalid Conversion Type | Tuesday 31st March 2020

नेकपा ऐरावती ६ बिजुलीको छैटौँ बैठक सम्पन्न


Hamroekata ४ चैत्र २०७६

अन्य पार्टी परित्याग गरि २६ कार्यकर्ता नेकपामा प्रवेश
प्युठान,४ चैत ।
पार्टी एकता सृदृढिकरण एंव जनसम्बन्ध बिस्तार अभियानको क्रममा मंगलबार ऐरावती गाउँपालिका वडा नं ६ बिजुली वडा संगठन कमिटीको पूर्ण बिस्तारित बैठक सम्पन्न भएको छ । वडा कमिटिका अध्यक्ष नारायण थापाको अध्यक्षता, ५ नं प्रदेश कमिटी सदस्य कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको बैठकमा जिल्ला सचिवालय सदस्य एंव गाउँपालिका संगठन कमिटी ईन्चार्ज टिकाबहादुर गुरुङ , सहईन्चार्ज सुरेशचन्द्र थापा , संगठन कमिटी अध्यक्ष एंव पालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत, पालिका सचिव श्याम थापा लगाएतको उपस्थितीमा बैठक सम्पन्न भएको हो । बैठकको उद्घाटन जिल्ला कमिटी सचिवालय सदस्य एंव पालिका संगठन कमिटीका अध्यक्ष बुद्धबहादुर बस्नेत र कमिटी सचिव श्यामबहादुर थापालाई सदस्यता नविकरण गराएर गरिएको थियो ।
बैठकमा प्रमुख अतिथि घिमिरेले अब नेकपा जनतासंगको सम्बन्ध बिस्तारका हिसाबले ,संगठन सुदृढिकरणका हिसाबले, एकता मजबुत पार्ने हिसाबले, समृद्ध नेपाल र सुखी नेपालीको नारा पुरा गर्न, जनताको जनवाद हुदैँ समाजबादमा पुग्न पार्टी केन्द्र देखी तलसम्म दत्तचित्तका साथ अगाडी बढेको बताउनुभयो । साथै उहाँले सानातिना,घिसेमिसे राजनीति गरि जनतालाई नअलमल्याउन नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चालाई चेतावनी दिनुभयो ।

त्यस्तै पालिका संगठन कमिटी अध्यक्ष बस्नेतले यो ठाउँ आफ्नो जन्मथलो भएको हुँदा यहाँका स–साना विषयमा आफ्नो ध्यानाकर्षण हुने बताउनुभयो । आफुले चुनाव लड्दै गर्दा बोलेका प्रतिबद्धताहरु धेरै पुरा गरिसकेको उहाँको भनाई थियो । जसमध्ये बिजुलीको लिफ्ट खानेपानीको सुरुवात भएको छ , मेहेन्द्रदिप लिफ्ट खानेपानी सुरुवात भएको छ, वडा कार्यालयदेखी पालिकासम्म जोड्ने मोटरबाटोको स्तरउन्नती गरिएको छ, जोगिटारी देखी चुकापुल सम्मको सड्क स्तरउन्नती गरिएको छ , बैरेनी दमारको विकासे कुलोलाई बजेटको व्यवस्था गरि काम अगाडी बढाईएको छ, जनता मावि बिजुलीमा खानेपानी पु¥याईएको , छापेखोला फाँटमा बेमौषमी तरकारी खेतिका लागि टनेलको काम अगाडी बढाएको, कैयन किसानहरुलाई अनुदान व्यवस्था मिलाएको, धार्मिक स्थलहरुको व्यवस्थापन गरिएको, असाहाय र विपन्न व्यक्तिहरुका लागि उपचारका लागि आर्थिक व्यवस्था मिलाएको, संघ र प्रदेश सरकारको समन्वयमा अन्य कामहरु अगाडी बढेका छन् । साथै उहाँले मतदातासंग यसै गरि यहाँका मतदाताले बलियो साथ दिदासम्म आफ्नो जीवनकालमा धेरै कामहरु गर्ने बाँचा समेत गर्नुभयो ।वडा कमिटी सचिव रेशम थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
२६ जना नेकपामा प्रवेश


बैठकमा नेपाली काग्रेस र राजमो परित्याग गरि २६ जना कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । प्रमुख अतिथि घिमिरे र पालिका पार्टी ईन्चार्ज गुरुङले अबिर लगाई नवप्रवेशीलाई पार्टी स्वागत गर्नुभएको थियो । गत फागुन २८ गतेबाट ‘समृद्ध नेपाल सुखी नेपालीको आधार , सुदृढ पार्टी सुशासन र लोक प्रिय सरकार भन्ने नारा लिई सञ्चालन गरिएको अभियानले तिव्रता लिएको पार्टी संगठन कमिटी संगठन कमिटी सचिव श्याम थापाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘हामी अन्य वडामा पनि यो अभियानलाई तिव्रता दिने छौँ ।’ ऐरावती गाउँपालिका संगठन कमिटीले बुधवार वडा नं ४ र वडा नं ५ मा बैठक सम्पन्न गर्ने समेत पालिका संगठन कमिटी सचिव थापाले बताउनुभयो ।

 


सम्बन्धित पोस्टहरू

Top